काठमाडौ १६ जेठ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघका नव निर्वाचित पदाधिकारीलाई बधाई दिएका छन्।
गएराति प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका नवनिर्वाचित अध्यक्ष क्षितिज थेवेसहितका पदाधिकारीलाई ओलीले मिठाइ खुवाउँदै बधाई दिएका हुन्।
प्रधानमन्त्रीसँगको यो भेटघाट राति दुई बजेसम्म चलेको युवा संघका पूर्व अध्यक्षसमेत रहेका एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन्।
युवा संघ महाधिवेशनस् खगराजसँग इख लिएका महेशले क्षितिजलाई जिताउन नेपथ्यबाट गरेको कसरत
थेवेको प्यानललाई निर्वाचनमा विजयी गराउन बस्नेतले निकै मेहनत गरेका थिए।










प्रतिक्रिया दिनुहोस्