काठमाडौ १६ जेठ । नेकपा एमालेको भ्रातृ नेपाल खेलकुद महासंघ कोसी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला चुनिएका छन्।
बिहीबार बेलुका दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनले कोइरालालाई अध्यक्षमा सर्वसम्मत चुनेको हो।
अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भीम लिबाङ, महिला उपाध्यक्षमा धनकुटाकी सिर्जना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा झापाका सुरज साँवा, उदयपुरका कर्ण थापा र कोषाध्यक्षमा सुनसरीका सुरेश गिरी चुनिएको महासंघका केन्द्रीय सचिव विप्लव घोषले जानकारी जानकारी दिए।
कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवसमेत रहेका खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघ एमालेको जनसंगठन भएकाले यसका सदस्यहरूले खेलक्षेत्रमा काम गर्दै पार्टीका नीति र नेतृत्वको रक्षा र प्रचारमा लाग्न आह्वान गरे।







प्रतिक्रिया दिनुहोस्