काठमाडौं १५ जेठ । नेपाली काँग्रेसका सांसद डा। प्रकाशशरण महतले सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन रहेको टिप्पणी गरेका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेश गरेको आर्थिक वर्ष २०८२र८३ को बजेटबारे प्रतिक्रिया दिँदै सांसद महतले बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने कुरालाई सम्बोधन गर्न नसकेको बताए । उनले स्थानीय मदिराको ब्राण्डिङ तथा व्यावसायीकरणको विषय समेत बजेटले सम्बोधन गर्न नसकेको बताए ।
आफू अर्थमन्त्री भएको समयमा कार्यविधि समेत अगाडि बढिसकेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा स्थानीय मदिरा ब्राण्डिङको विषयमा मौन रहेको उनको टिप्पणी छ । उनले वितरणमुखी योजना हटाउन तीनभन्दा तलका योजनाहरु नराख्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए ।







प्रतिक्रिया दिनुहोस्