काठमाडौं १५ जेठ । सरकारले जलविद्युत् आयोजनाले आयात गर्ने उपकरण आयातमा कर छुट दिएको छ।
जलविद्युत् आयोजनाले बैंक जमानत राखी निर्माण उपकरण, मेसिनरी औजार तथा सोको पार्टपुर्जा, विस्फोटक पदार्थ, पेनस्टक पाइप तथा स्थिल प्लेट आयात गर्दा लाग्ने भन्सार महशुल र मूल्यअभिवृद्धि कर ९भ्याट० बापतको रकममा जमानत राखी आयात गर्न पाउने भएका हुन्।
नयाँ बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो।
योसँगै अब आयोजनाले क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन स्वीकृत भएपश्चात् विद्युत् विकास विभागको सिफारिससहित जलविद्युत् आयोजना वा सोको ठेकेदार वा प्रवर्द्धकले जमानत फुकुवाको लागि वस्तु आयात भएको भन्सार कार्यालयमा निवेदन दिन छुट लिन सक्नेछन्।







प्रतिक्रिया दिनुहोस्