ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी स्पोर्टस एकेडेमी सेमीफाईनलमा, नेपाल आर्मी पराजित


sharan sharan
चैत्र १२, २०७४ सोमबार  ९ : २९ बजे

बुटवल, १३ चैत्र ।
विभागिय टिम नेपाल आर्मीलाई पराजित गर्दै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल आर्मीलाई ३–१ ले हराउँदै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी सेमिफाईनलमा प्रबेश गरेको हो । पहिलो हाफमा अगता १–० अग्रता बनाएको नेपाल आर्मीले दोस्रो हाफमा रक्षात्मक खेल्न सकेन । पहिलो हाफमा १ गोलले पछि परेकोे आयोजक मदन भण्डारीले दोस्रो हाफ सुधारिएको खेल खेलेको थियो । दोस्रो हाफमा आयोजकका लागि विदेशी खेलाडि म्याक्सले खेलको ६२ औं र ६७ औं मिनेटमा दुई गोल गरे भने अर्को एक गोल विदेश खेलाडि एबाले खेलको ७५ औं मिनेटमा गरे । आर्मीका लागि एक मात्र गोल खेलको १४ औं मिनेटमा विबेक बस्नेतले गरेका थिए ।
प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद १ लाख प्राप्त गर्नेछन । त्यसैगरी सर्वोउत्कृष्ट खेलाडिल मोटरसाईकल प्राप्त गर्ने आयोजकको भनाई छ । उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्ति खेलाडिले नगद २१÷२१ हजार प्राप्त गर्ने आयोजकको भनाई छ । १ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा नेपाली ए डिभिजनका टिम तथा मलेसियाको हिमालय एफसीको सहभागी रहेको र सम्पूर्ण टिमका खेलाडि तथा प्रशिक्षकहरुलाई आयोजकले निशुल्क रुपमा स्तरीय होटलहरुमा राखेको मदनभण्डारी स्पोर्टस एकेडेमि प्रदेश ५ का सचिव मेघराज भट्टराईले बताउनुभयो ।
आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको खेलको फाइनल १९ गते हुनेछ ।
प्रतियोगिता अन्तर्गत चैत १३ गते दोस्रो क्वाटर फाईनल खेलमा बिभागिय टिम एपिएफ र बुटवलको सुनौलो संगम क्लवका बीच ३ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com