काठमाडौं १५ जेठ । सरकारले ५ हजार महँगी भत्ता पुर्याउँदा थप १० अर्ब ८४ करोड रुपैयाँ भार परेको छ।
चालू आर्थिक वर्षमा महँगी भत्तावापत् ६ अर्ब १७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा आगामी वर्ष १७ अर्ब १ करोड रुपैयाँ खर्च हुने भएको हो।
हाल सरकारले २ हजार महँगी भत्ता दिँदै आएको थियो। कुल कर्मचारी भत्ताबापत १० अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा आगामी वर्ष २१ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने भएको छ।
चालू आर्थिक वर्षमा पारिश्रमिक १ खर्ब ५७ अर्ब रुपैयाँ हुने अनुमान गरिएकोमा १ खर्ब ८० अर्ब रुपैयाँ पुग्ने भएको हो।
नगदमा दिइने कर्मचारी पारिश्रमिक १ खर्ब २१ अर्ब रहेकोमा १ खर्ब २७ अर्ब रुपैयाँ पुग्ने उल्लेख छ। पदाधिकारीलाई १ अर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान रहेकोमा २ खर्ब ६ अर्ब रुपैयाँ छ।
बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो







प्रतिक्रिया दिनुहोस्