काठमाडौं १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन्। यस अघि बजेट वक्तव्यलाई मन्त्रिपरिषदले अनुमोदन गरको थियो ।
घोषित बजेटमा ६० प्रतिशत प्रशासनिक खर्च, २० प्रतिशत पुंजीगत खर्च र झण्डै १९ प्रतिशत बजेट वित्त व्यवस्थापन(ऋणको सांवा तथा व्याजको किस्तामा) खर्च हुन अनुमान गरिएको छ।








प्रतिक्रिया दिनुहोस्