ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्चरी च्याम्पियनसिपमा नेपालले कास्य जित्यो


admin

काठमाडौँ, १२ चैत । बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषतर्फ कास्य पदक हात पारेको छ ।

ढाकास्थित विकेएसपी कम्पाउन्डभित्र भएको खेलमा मिक्सतर्फ नेपालका तीलक पुन मगर र ज्ञानु अवालेको टोलीले श्रीलंकालाई पराजित गर्दै कास्य पदक हात पारेको हो ।

दुवै टोलीले दुई दुई सेट जितेर ४–४ अंक बराबर गरेपछि भएको सुटअफमा नेपाल ५–४ ले विजयी भएको हो ।

यसअघि भएको टिम एलिमिनेसन राउण्डमा नेपाल बंगलादेशसँग १–३ को सेटमा २–६ अंकले पराजित भएपछि कास्य पदकका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो ।

यसैबीच आजै भएको अर्को खेलमा नेपालका कम्पाउण्ड पुरुष टोलीले पनि कास्यपदक हात पारेको छ । नेपालका होमबहादुर थापा मगर, प्रजीतकुमार अग्रवाल र अभिषेक राज प्रधानको टोलीले श्रीलंकालाई २०८–१५७ अंकले पराजित गर्दै कास्य जितेको हो ।

यस्तै नेपालको रिकर्भ पुरुष टोली भने तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पराजित भयो । दुवै टोलीले दुई÷दुई सेट जितेर ४–४ अंक बराबर गरेपछि भएको सुटअफमा नेपाल ४–५ अंकले श्रीलंकासँग पराजित भएको हो ।

त्यसअघि भएको एलिमिनेसन राउण्डमा नेपालले बंगलादेशसँग लगातार तीन सेट गुमाउँदै ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंका प्रतिद्वन्द्वी पाए पनि नेपालले खेल जित्न सकेन ।

नेपालको रिकर्भ पुरुष टोलीमा प्रेमप्रसाद पुन, तीलक पुन र मीनप्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए । रिकर्भ महिला टोली पनि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँगै पराजित हुन पुग्यो । नेपालकी ज्ञानु अवाले, आइसा तामाङ र तमन्ना क्षेत्रीको टोली श्रीलंकासँग १–३ को सेटमा २–६ अंकले पराजित भए ।

त्यसअघि आजै भएको एलिमिनेसन राउण्डमा नेपालको रिकर्भ महिला टोली बंगलादेशसँग ०–३ सेटमा ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

बेलायतमा डाफे समर टेनिसको उपाधि विनोद खड्कालाई

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई हरायो

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com