ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इयुको विवादास्पद प्रतिवेदनबारे औपचारिकरुपमा बोल्यो एमाले (विज्ञप्तिसहित)


admin

काठमाडौँ, १२ चैत ।  नेकपा (एमाले) ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन अस्वीकार्य एवं निन्दनीय रहेको जनाएको छ ।

पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “युरोपेली संघ इलेक्सन अब्जरभेसन मिसनको व्यानरमा सार्वभौम नेपाली जनताले जारी गरेको संविधान विरुद्धमा नेपाल सरकारलाई सुझाव दिन तथा हस्तक्षेप गर्न सक्दैन ।”

एमलेले युरोपेली संघको निर्वाचन परिवेक्षण सुझाव नेपालको संविधान विरुद्ध एवं झूठा भएको उल्लेख गर्दै संघको अभिव्यक्ति प्रचलित अन्तर्राष्ट्रिय कानूनअनुसार अस्वीकार्य मात्र नभई निन्दनीय भएको पार्टीका विदेश मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्ता विषयमा सरकारले लिएको दरिलो अडानलाई सहयोग गर्ने उल्लेख गर्दै पार्टीले आगामी दिनमा हुन सक्ने यस्ता विषयलाई गम्भीरतापूर्वक लिन सरकारसमक्ष आग्रहसमेत गरेको छ ।

एमालेले संघको उक्त भनाइले अन्तर्राष्ट्रिय नियम एवं सिद्धान्तको खुलमखुला उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनले संरक्षण गरेको नेपालको राजनीतिक स्वतन्त्रताविरुद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सबै जाति, धर्म, लिंग एवं अल्पसंख्यक समुदायको प्रतिनिधित्व भएको जननिर्वाचित सार्वभौम संविधानसभाका ९० प्रतिशत संविधानसभा सदस्यले जारी गरेको ‘नेपालको संविधानका विषयमा पुनरावलोकन गर्नुपर्छ’ भन्नु अन्तर्राष्ट्रिय सिद्धान्त र संयुक्त राष्ट्रसंघको घोषणापत्रविरुद्ध छ ।”

विज्ञप्ति-

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com