ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदमा इयु निर्वाचन प्रतिवेदनको विरोध, कसले के-के भने ?


admin

काठमाडौँ, १२ चैत । प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हँुदैन । नेपाल लोकतन्त्रमा विश्वास गर्ने राष्ट्र हो ।”

नेपाल अन्तरराष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भएअनुसार अन्तरराट्रियस्तरमा राम्रो सम्बन्ध राख्न चाहन्छ भन्दै उहाँले नेपालको संविधान समानुपातिक समावेशीताको दृष्टिकोणबाट कुनै पनि देशको भन्दा कम नरहेको दाबी गर्नुभयो ।

संविधानसभाबाट लेखिएको संविधानलाई समानुपातिक समावेशीताको अभ्यासद्वारा समृद्ध मुलुक बनाउने अभियानमा नेपाल रहेको बताउँँदै सांसद रावलले भन्नुभयो, “अप्ठ्यारोमा परेका बेलामा मित्र राष्ट्रहरुले हाम्रो देशमा सहयोग गर्न सक्नुहुन्छ तर, संविधान, सार्वभौमसत्तालाई आघात पु¥याउने काम गर्नु गलत हो ।”

बैठकमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं ४ मा गत शनिबार आगलागीबाट भएको क्षतिको बारेमा जानकारी गराउँदै तत्काल राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विपद्मा जनताको जीवन र सम्पत्ति रक्षाका लागि विशेष व्यवस्था गर्न संसद्मार्फत सरकारसँग माग पनि गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल सार्वभौम राष्ट्र भएको र आन्तरिक मामिलामा कसैले गरेको हस्तक्षेप सह्य नहुने बताउनुभयो । उहाँले इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अपमानजनक भएको पनि बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णले मधेशी, थारु र मुस्लिमलगायत अल्पसंख्यक जनता अझै विभेदमा रहेको बताउँदै समानुपातिक समावेशी व्यवस्थामा रहेका कमजोरी सच्याई कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले नेपालले बाह्य हस्तक्षेप नस्वीकार्ने बताउनुभयो र नेपालको संविधान संघीयता, गणतन्त्र, र समानुपातिकको मामिला हिजोको भन्दा एक कदम अघि रहेको दाबी गर्नुभयो ।

नेपाली काँग्रेसका प्रदीप गिरीले संविधान जारीपछि नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । संविधान कार्यान्वयनमा आउने सबै खालका चुनौतीको सामना गर्नुपर्ने उहाँको भनाइ थियो ।

माओवादी केन्द्रका शशी श्रेष्ठले मुलुकभर महिला हिंसाका घटना बढिरहेको भन्दै यस्ता खालका घटना नियन्त्रण गर्न देवानी र फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सोही पार्टीका सुदन किरातीले सीमा क्षेत्रमा नेपालीले आवतजावत गर्दा भोग्नुपरिरहेका कष्टप्रति सरकारको ध्यानाकर्षण गर्नुभयो ।

एमालेका विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा संसद्मा छलफल हुनुपर्ने बताउनुभयो । बैठकमा नियमापत्ति गर्दै उहाँले यो भनाइ राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com