काठमाडौ ३१ बैशाख । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन्।
राष्ट्रियसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी र सांसदलाई मन्त्री नबाउने प्रणालीमा जानुपर्नेमा जेड दिए।
‘हामी शासकीय स्वरुपको परिवर्तनमा जाऔँ,’ श्रेष्ठले भने, ‘राजनीतिक अस्थिरता अन्त गर्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका जाऔँ। यो महँगो र भ्रष्टिकृत निर्वाचन प्रणलीलाई फेरौँ। समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ।’
उनले थपे, ‘सांसदहरुलाई कानुन बनाउने काममा केन्द्रित गरौँ। सरकारमा मन्त्रीहरु बाहिरबाट जाऔँ र नयाँ परिवर्तन गरौँ। सुशासनको क्षेत्रमा ठोस प्रभावकारी कायक्रम अगाडि बढाऔँ।’
प्रतिक्रिया दिनुहोस्