ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ


abc news
बैशाख ३१, २०८२ बुधबार  १२ : २५ बजे

काठमाडौं, ३१ बैशाख । काठमाडौंको बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्त छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो नागढुंगाबाट पक्राउ गरेको हो ।

पन्त र नुवाकोटको सूर्यगढी नगरपालिका–१ घर भई काभ्रेस्थली नै बस्ने २८ वर्षीया बिमला तामाङ २९ चैतमा काठमाडौं महानगरपालिका–२८ स्थित बागबजारको एक गेस्टहाउसमा पुगेका थिए ।

सोही गेस्टहाउसमा साँझ अन्दाजी पौने ६ बजेतिर तामाङ मृत फेला परेकी थिइन् । मृत फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको थियो ।
पन्त भने फरार थिए । हत्या गरेर उनी भारतमा लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ थियो ।

करिब एक महिनापछि फर्केर काठमाडौं आउँदै गरेका बेला उनी पक्राउ परेको परिसरका प्रवक्ता तथा सूचना अधिकारी अपील राज बोहराले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका पन्त पूर्व सैनिक हुन् । मृतक महिला र पन्त दुबै विवाहित हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

ट्रम्पको निक्सन क्षण आउँदै: परमाणु धम्कीको भाषा फेरि अन्तर्राष्ट्रिय द्वन्द्वमा मुद्रा बन्दैछ

मनकामनाबाट फर्कँदै गरेको माइक्रो बस दुर्घटना, ७ जनाको मृत्यु, मृतक सबै भारतीय

अमेरिकाले दोस्रो पटक दूतावासमा आक्रमणपछि आफ्ना नागरिकहरूलाई इराक छोड्न निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com