ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बनेपामा बन्ने फिल्म स्टुडियो प्रधानमन्त्री ओलीले गरे बालुवाटरमा शुभारम्भ


abc news

काठमाडौ ३० बैशाख । सरकारले बनेपामा निर्माण गर्न लागेको फिल्म स्टुडियोको निर्माण शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका आयोजित एक कार्यक्रमबीच ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फिल्म स्टुडियोले नेपाली फिल्म क्षेत्रमा नयाँ मोडमा पुर्‍याउने र स्टुडियो गुणात्मक हिसाबले तयार हुने बनाइएको बताएका हुन्। स्टुडियोको लागत ३९ करोड रुपैयाँ छ। तर अहिले १० करोडको बजेटमा निर्माण थालनी गरिएको हो।

‘फिल्म सुटिङमा आफ्नै इन्डोर स्टुडियोका लागि ६० वर्ष किन पर्खनुपर्‍योरु म पहिलेदेखि सरकारमा भएको हिसाबले स्टुडियो निर्माणमा ढिलो भएकोमा आफ्नो कमजोरी महसुस गर्छु’ उनले भने, ुसिनेजगतले दोलखामा फिल्म सिटी बनाउने भनेर लागि रहेको छ। हप्तामा दुई दिन घाम लागे धन्यवाद, दिउँसै पनि बत्ती नबाली फिल्म खिच्न पाइयो भने खुसी।’

उनले गोरखाको पालुङ्टारलाई फिल्मसिटी बनाउन उपयुक्त हुन्छ भनेर सुझाव दिएको पनि दाबी गरे। कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, चलचित्रकर्मी लगायतको उपस्थिति रहेको थियो। सरकारले निर्माण गर्न लागेको यो नेपालको पहिलो अत्याधुनिक सुटिङ स्टुडियो हो । स्टुडियोका नाम ‘सिनेपाः’ राखिएको छ। ‘सिनेमा’ र नेवार समुदायले ‘नेपाल’लाई बोलाउने शब्दबाट मिलाएर स्टुडियोको नामाकरण गरिएको हो।

सन् २०२६सम्म निर्माण सम्पन्न हुने लक्ष्यको साथ बनेपा नगरपालिकाको वडा नम्बर १० र ११ मा बन्न लागेको स्टुडियो दसैँपछि निर्माता निर्देशकले फिल्म खिच्न पाउने बोर्ड अध्यक्ष दिनेश डिसीको दाबी छ।

२०८१ सालको असार २८ गतेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माणका लागि बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com