ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बनेपामा बन्ने फिल्म स्टुडियो प्रधानमन्त्री ओलीले गरे बालुवाटरमा शुभारम्भ


abc news
बैशाख ३०, २०८२ मंगलबार   ४ : ५२   बजे

काठमाडौ ३० बैशाख । सरकारले बनेपामा निर्माण गर्न लागेको फिल्म स्टुडियोको निर्माण शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका आयोजित एक कार्यक्रमबीच ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फिल्म स्टुडियोले नेपाली फिल्म क्षेत्रमा नयाँ मोडमा पुर्‍याउने र स्टुडियो गुणात्मक हिसाबले तयार हुने बनाइएको बताएका हुन्। स्टुडियोको लागत ३९ करोड रुपैयाँ छ। तर अहिले १० करोडको बजेटमा निर्माण थालनी गरिएको हो।

‘फिल्म सुटिङमा आफ्नै इन्डोर स्टुडियोका लागि ६० वर्ष किन पर्खनुपर्‍योरु म पहिलेदेखि सरकारमा भएको हिसाबले स्टुडियो निर्माणमा ढिलो भएकोमा आफ्नो कमजोरी महसुस गर्छु’ उनले भने, ुसिनेजगतले दोलखामा फिल्म सिटी बनाउने भनेर लागि रहेको छ। हप्तामा दुई दिन घाम लागे धन्यवाद, दिउँसै पनि बत्ती नबाली फिल्म खिच्न पाइयो भने खुसी।’

उनले गोरखाको पालुङ्टारलाई फिल्मसिटी बनाउन उपयुक्त हुन्छ भनेर सुझाव दिएको पनि दाबी गरे। कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, चलचित्रकर्मी लगायतको उपस्थिति रहेको थियो। सरकारले निर्माण गर्न लागेको यो नेपालको पहिलो अत्याधुनिक सुटिङ स्टुडियो हो । स्टुडियोका नाम ‘सिनेपाः’ राखिएको छ। ‘सिनेमा’ र नेवार समुदायले ‘नेपाल’लाई बोलाउने शब्दबाट मिलाएर स्टुडियोको नामाकरण गरिएको हो।

सन् २०२६सम्म निर्माण सम्पन्न हुने लक्ष्यको साथ बनेपा नगरपालिकाको वडा नम्बर १० र ११ मा बन्न लागेको स्टुडियो दसैँपछि निर्माता निर्देशकले फिल्म खिच्न पाउने बोर्ड अध्यक्ष दिनेश डिसीको दाबी छ।

२०८१ सालको असार २८ गतेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माणका लागि बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group