ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९ महिनापछि हमासबाट मुक्त अलेक्ज्यान्डरको पारिवारिक पुनर्मिलन


abc news
बैशाख ३०, २०८२ मंगलबार   १० : ३८   बजे

काठमाडौ ३० बैशाख । सन् २०२३ अक्टोबरदेखि गाजामा बन्धक बनाइएका अमेरिकी(इजरायली नागरिक एडन अलेक्ज्यान्डर रिहा भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १९ महिनापछि हमासको नियन्त्रणबाट मुक्त भएका अलेक्ज्यान्डरले आफ्नो परिवारसँग पुनर्मिलन गरिसकेका छन्।

हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा २१ वर्षीय अलेक्ज्यान्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा तैनाथ थिए। त्यही बेला उनलाई हमासले लगेको थियो।

एडन अलेक्ज्यान्डरको जन्म इजरायलको तेल अभिभमा भए पनि उनी अमेरिकाको न्यु जर्सीमा हुर्किएका थिए।

उनको रिहाइ सुरक्षित गर्न सोमबार इजरायलले गाजामा केही घण्टाका लागि सैन्य कारबाही रोकेको थियो।

हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार मध्यपूर्व भ्रमणमा निस्कनुअघि सम्भावित नयाँ युद्धविराम सम्झौताका लागि सकारात्मक सन्देश पठाउन उनको रिहाइ गरिएको हो।

अलेक्ज्यान्डर हमासद्वारा हिरासतमा रहेका अन्तिम जीवित अमेरिकी नागरिक मानिन्छन्।

राष्ट्रपति ट्रम्पले अलेक्ज्यान्डरको रिहाइपछि उनको परिवारलाई बधाई दिएका छन्।

हमासले यसअघि नै अलेक्ज्यान्डरको रिहाइ गाजा पट्टीमा मानवीय सहायता पठाउन मार्ग प्रशस्त गर्नु भएको बताएको थियो।

इजरायलले ७० दिनदेखि गाजामा राशन, औषधि र अन्य मानवीय सहायताको आपूर्ति रोकेको छ।

सहायता एजेन्सीहरूले इजरायलको यो कदम भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्नु बराबर र युद्ध अपराध भएको बताएका छन्।

गत मार्च मध्यदेखि इजरायलले गाजामा फेरि बमबारी र सैन्य कारबाही तीव्र पारेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group