ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा बाढीमा बगेकी महिलाको अवस्था अझै अज्ञात


abc news
बैशाख ३०, २०८२ मंगलबार  ७ : ५६ बजे

काठमाडौं, ३० वैशाख । काभ्रेमा सोमबार आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ ।सोमबार अपराह्न काभ्रेको पनौतीमा आएको बाढीले बगाउँदा पनौती नगरपालिका-५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको हिजोदेखि नै खोजी सुरु गरिए पनि बेलुका भएपछि खोजी स्थगित गरिएको थियो । आज बिहानबाट फेरि खोजी सुरु गरिएको छ ।

बाढीले पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा क्षति पुर्‍याएको छ । माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध छ । कटुन्जेबेसी, बोक्सीकुनामा एकतर्फी मात्र सञ्चालनमा छ ।

रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ को सिमानामा पर्ने माम्ती खोला नजिकै डाइभर्सन बगाएपछि बीपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । त्यहाँ गत असोजमा आएको बाढीले सडक बगाएपछि ह्युमपाइप राखेर अस्थाी प्रबन्ध गरिएको थियो । सो ह्युमपाइप राखेर बनाइएको बाटो पनि सोमबारको बाढीले बगाएको छ ।

सो स्थानमा आज बिहानैदेखि बाटो मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बाटो मर्मतको काम भइरहेकाले पूर्वतर्फबाट आइरहेका सवारी साधनलाई खुर्कोट र नेपालथोकमा रोकिएको छ । यसैगरी ‘काठमाडौंतर्फबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

ट्रम्पको निक्सन क्षण आउँदै: परमाणु धम्कीको भाषा फेरि अन्तर्राष्ट्रिय द्वन्द्वमा मुद्रा बन्दैछ

मनकामनाबाट फर्कँदै गरेको माइक्रो बस दुर्घटना, ७ जनाको मृत्यु, मृतक सबै भारतीय

अमेरिकाले दोस्रो पटक दूतावासमा आक्रमणपछि आफ्ना नागरिकहरूलाई इराक छोड्न निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com