ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता


abc news

काठमाडौं, २८ बैशाख । चिनियाँ लडाकु विमानले पश्चिमी निर्मित भारतीय विमानलाई हवाई युद्धमा ‘पराजित’ गरेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता बढेको जनाइएको छ । वाशिङ्गटन एक्जामिनर म्यागाजिनले उल्लेख गर्दै लेखेको समाचारमा चीनमा निर्मित जेट पाकिस्तानले खरिद गरेको थियो ।

सोही जेटले युरोपमा बनेको भारतीय लडाकु विमान खसालिदिएपछि विश्वभरको रक्षा क्षेत्रमा चिन्ता बढेको समाचारमा जनाइएको छ । भारत र पाकिस्तानबीच बुधबार बिहान सुरु भएको हवाई टकराव आधुनिक इतिहासको ठूलो युद्धहरू मध्ये एक भएको बताइएको छ ।

समाचार संस्था रोयटर्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बताएअनुसार पाकिस्तानले चिनियाँ जे–१० विमान र पीएल–१५ हावा–देखि–हावामा मिसाइल प्रयोग गरी फ्रान्सेली निर्मित भारतीय राफेल जेट झारेको छ ।

राफेल विमान झरेको यो पहिलोपटक भएको बताइएको छ । जे–१० ले पनि अर्को विमान झारेको पहिलोपटक भएको बताइएको छ ।

जे–१० सन् २००४ मा सुरु भए पनि चीनले यसलाई यसअघि कुनै युद्धमा प्रयोग गरेको थिएन । युद्धमा यसको पहिलो प्रयोग नै पश्चिमी समकक्षी विमानमाथि जित हासिल गरेकोले चिनियाँ रक्षा उद्योगलाई ठूलो प्रोत्साहन मिल्ने समाचारमा बताइएको छ ।

जे–१० र राफेललाई चौथो पुस्ता ४।५ को लडाकु विमान मानिन्छ, जुन अमेरिकी एफ–१६ र एफरए–१८ जस्तै हो। भारतीय विमान खसालेपछि पाकिस्तानले तुरुन्तै गर्वका साथ आफ्नो जितको घोषणा गरेको समाचारमा उल्लेख छ ।

पाकिस्तान सरकारले एक्समा पोष्ट गर्दै भनेको छ, “रक्षा मात्र होइन–आकाशमा प्रभुत्व १ पाकिस्तानले राफेलको अपराजयको क्रममा पीएल–१५ को अद्वितीय सटिकताले तोड्दै, सन् २००१ देखि युद्धमा रहेको राफेललाई पहिलो पटक खसाल्यो । भारतीय वायुसेनाको ऐतिहासिक हार ।”

चिनियाँ हतियारले पश्चिमी प्रतिस्पर्धीमाथि जितेको कारणले सेयर बजारमा तत्कालै प्रभाव देखियो ।

युरेसियन टाइम्सका अनुसार, जे–१०सी निर्माता एविक चेंग्दु एयरक्राफ्ट कम्पनीको सेयर दुई सत्रमा ३६ प्रतिशतले उचालिएको छ भने राफेल निर्माता डसाल्ट एभिएशनको सेयर १।६४–५ प्रतिशतले झरेको छ ।

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थानका सैन्य एयरोस्पेस विज्ञ डगलस ब्यारीले रोयटर्सलाई भने, “चीन, अमेरिका र युरोपका हवाई युद्ध विज्ञहरू यो टकरावका रणनीति, प्रविधि, प्रक्रिया, प्रयोग भएको सामग्री र कसले काम गर्‍यो र गरेन भन्ने विषयमा गहिरो अध्ययन गर्नेछन् ।”

विमानभन्दा पनि तिनले बोकेका मिसाइलहरूमा ध्यान केन्द्रित गरेका छन् । विश्लेषकहरूका अनुसार दुवै पक्षले आफ्नो अत्याधुनिक मिसाइल प्रयोग गरेका अनुमान लगाएका छन् । पाकिस्तानले चिनियाँ पीएल–१५ र भारतले युरोपेली मिटियर मिसाइल प्रयोग गरेका थिए ।

एपीएल–१५ ले कम्तिमा तीनवटा विमान खसाल्दा पाकिस्तानको कुनै पनि विमान नझरेकोले यसको प्रभावकारिता प्रष्ट भएको छ ।

पाकिस्तानका विदेशमन्त्रीले दावी गरेअनुसार उनका लडाकु विमानहरूले केवल ती भारतीय लडाकुहरूलाई निशाना बनाए जसले पहिले आक्रमण गरेका थिए ।

“यसैले मात्र पाँचवटा लडाकु विमान खसालिएका हुन् । निर्देशन फरक भएको भए लगभग १०–१२ विमान निशाना बन्न सक्थे,” उनले भनेका छन् ।

यो द्वन्द्वले पश्चिमी रक्षा उद्योगका लागि आँखा खोलेको बताइएको छ । किनभने लामो समयदेखि चिनियाँ हतियारहरूको प्रभावकारिता प्रति शंका थियो । “यदि साँच्चै त्यो हतियार प्रयोग गरिएको हो भने यहाँ चीनको सबैभन्दा सक्षम हतियार र पश्चिमी मुलुकको सबैभन्दा सक्षम हतियार आमनेसामने थिए,” बैरीले भने ।

सञ्चारमाध्यमसँग कुरा गर्दै एक विज्ञले यो मुठभेडले पीएल–१५ मिसाइलको क्षमता पहिले सोचेभन्दा बढी हुन सक्ने संकेत दिएको बताएका छन् । “पीएल–१५ ठूलो चुनौती हो । यसप्रति अमेरिकी सेनाले पनि निकै ध्यान दिने गरेको छ,” एक रक्षा उद्योग कार्यकारीले रोयटर्सलाई भने ।

भारतीय अधिकारीहरूले सार्वजनिक गरेका टुक्राहरू र सामाजिक सञ्जालमा देखाइएका तस्बिरहरूले कम्तिमा एक लडाकु विमान पीएल–१५ मिसाइलबाट खसालिएको पुष्टि गरेको जस्तो देखिन्छ । अर्को एउटा पीएल–१५ मिसाइल सुरक्षित अवस्थामा भेटिएको र भारतीय अधिकारीहरूले सार्वजनिक रूपमा देखाएका छन् ।

बुधबारको मुठभेड सम्बन्धी पुष्टि भएका विवरणहरू थोरै मात्र उपलब्ध छन्, तर एक वरिष्ठ पाकिस्तानी सुरक्षा स्रोतले सीएनएनलाई बताएअनुसार यो हालको सबैभन्दा ठूलो र लामो हवाई भिडन्त थियो, जसमा झन्डै १२५ वटा विमानहरू एक घण्टा अवधिसम्म संलग्न थिए ।

भारतीय विमानहरूले कहिलेकाहीँ सय माइलभन्दा टाढाबाट पनि क्षेप्यास्त्र प्रहार गरेका थिए । दूरी लामो हुनुको एक कारण दुवै पक्षले एकअर्काको सीमाना पार गर्न नचाहनु पनि हो । सन् २०१९ मा भएको सानो हवाई भिडन्तमा भारतीय वायुसेनाका एक पाइलट पाकिस्तानमा समातिएका थिए र उनलाई टेलिभिजनमा देखाइएको थियो ।

स्रोतका अनुसार दुवैपक्ष त्यस्तो बेइज्जति फेरि हुने डरले सचेत थिए । यो मुठभेड भारत र पाकिस्तानले आफ्नो वायुसेना अद्यावधिक गरेपछि पहिलोपटक भएको हो । सन् २०१९ को फेब्रुअरीमा भएको पछिल्लो मुठभेड पुराना पाकिस्तानी एफ–१६ र जेएफ–१७ र पुराना भारतीय मिराज २००० तथा एमआइजी–२१ लडाकु जेटहरूबीच भएको थियो ।

पाकिस्तानले आफ्ना एफ–१६ विमानहरू अद्यावधिक गरिसकेको भए पनि तिनीहरूले बुधबारको भिडन्तमा भाग लिएका थिएनन् । जे–१० लडाकु विमानको विजयले चीनको रक्षा उद्योगलाई विश्वभर सकारात्मक असर पार्न सक्ने सम्भावना छ ।

युरोपियन टाइम्सको रिपोर्ट अनुसार उज्बेकिस्तानले आफ्नो वायुसेना अद्यावधिक गर्न जे–१० र रफायल बीच छनोट गर्दैछ । इजिप्ट पनि जे–१० खरिद गर्न इच्छुक देखिएको भनिएको छ।

चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भारतीयहरूको हारलाई लिएर व्यङ्ग्य गर्दै एउटा भिडिओ पोस्ट गरेका छन् जसमा केही व्यक्तिहरू भारतीयको पहिरनमा हार प्रति विलाप गरिरहेका देखिन्छन् ।

मित्र राष्ट्रहरूबीचका युद्धहरू प्रायः प्रतिस्पर्धी रक्षा उद्योगहरूको परीक्षण थलो बन्ने गर्दछन् । शीतयुद्धका बेला अमेरिका र सोभियत संघका रक्षा उद्योगहरूले इजरायल र अरब राष्ट्रहरूलाई प्रयोगशाला जस्तो प्रयोग गर्दै हतियारको प्रभावकारिता परीक्षण गर्थे ।

त्यही ढाँचा अहिले भारत–पाकिस्तानबीच दोहोरिएको देखिन्छ किनभने यहाँ अमेरिका र चीन दुवै ताइवानमाथि सम्भावित युद्धमा चिनियाँ हतियारले कस्तो प्रदर्शन गर्छ भनेर बुझ्न इच्छुक रहेको देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

सम्बन्धित

कतारले खोल्यो हवाई मार्ग, जनजीवन सामान्य बन्दै

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो– सतर्क र यथास्थानमै रहनू

ट्रम्प भन्छन्ः इरान र इजरायल ‘युद्धविराम’मा सहमत भए

इरानले गर्योः कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com