काठमाडौ २७ बैशाख । भारत र पाकिस्तान एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेका छन् । योसँगै दुई देशबीचको तनाव लामो द्वन्द्वमा जानसक्ने त्रास पैदा भएको छ । बुधबार राति भारतले पाकिस्तानी भूमीका हवाई आक्रमण गरेपछि तनावपूर्ण बनेको परिस्थिति आजसम्म आइपुग्दा लामो द्वन्द्वमा जानसक्ने अवस्था देखिएको हो ।
भारतले अप्रिल २२ मा जम्मू–कश्मिरको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको घटनाको जिम्मा लिने ‘द रेजिस्टेन्ट फ्रन्ट’ ९टिआरएफ० लगायत अन्य ‘आतङ्कवादी समूह’हरुको अड्डामा आक्रमण गरेको बताएको थियो । तर पाकिस्तानले आफ्नो देशमा प्रवेश गरेको भन्दै जवाफी आक्रमण शुरु गर्यो।
हिजोदेखि भने एक अर्काको सैन्य संरचनामै आक्रमण शुरु भएको छ । भारतले दुई रातमा झन्डै चार सयवटा पाकिस्तानी ड्रोन निष्क्रिय पारेको दाबी गरेको छ । पाकिस्तानले भारतको अदामपुरमा रहेको हवाई प्रतिरक्षा प्रणालीलाई नष्ट बनाएको दाबी गरेको छ । दुई देशले सैन्य संरचनामा आक्रमण गरेपछि शक्ति राष्ट्रसहित विश्व समुदायलाई चिन्तित बनाएको छ ।
अमेरिकाका विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख जनरल असिम मुनिरसँग टेलिफोन संवाद गर्नुभएको छ । जी–७ राष्ट्रहरूले पनि दुवै देशलाई उच्च संयमता अपनाउन आग्रह गरेको छ । यसले दुई देशका नागरिकहरूको सुरक्षामा चुनौती र दक्षिण एशियामै क्षेत्रीय अस्थिरता निम्त्याउन सक्नेतर्फ ध्यानाकर्ण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्