काठमाडौ २६ बैशाख । पाकिस्तानसँग सैन्य टकराबका बीच भारत सरकारले सूचना जारी गरी सेना प्रमुखले चाहेमा ुटेरिटोरिएल आर्मीु ९टीए० बोलाउन सक्ने अधिकार दिएको छ। टीए अर्धसैनिक बल हो, जसले जरुरत पर्दा सेनालाई सहयोग गर्छ।
यस्तै भारतीय गृह मन्त्रालयले पनि राज्य र केन्द्र शासित प्रदेशहरूलाई आपतकालीन शक्ति प्रयोग गर्न आदेश दिएको छ।
रक्षामन्त्री राजनाथ सिंहलाई सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश त्रिपाठी, वायु सेना प्रमुख मार्शल एपी सिंह र सीडीएस अनिल चौहानले पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। गृहमन्त्रीले बीएसएफ र सीआईएसएफका अधिकारीहरूसँग पनि बैठक गरे। उनले भारत(पाकिस्तान सीमा र विमानस्थल सुरक्षाबारे जानकारी लिए। कृषि मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि तयारीका सम्बन्धमा बैठक गरे।
यसैबीच पाकिस्तानी सेनाले ३ दिनदेखि नियन्त्रण रेखामा निरन्तर गोलीबारी गरिरहेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्। घटनामा १७ जना सर्वसाधारणको मृत्यु भएको पनि उनीहरूले उल्लेख गरेका छन्।








प्रतिक्रिया दिनुहोस्