ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोडीलाई आकर्षित गर्न डाइनोसरको टाउकोमा सिङ ?


admin
चैत्र ९, २०७४ शुक्रबार  ७ : ०० बजे

काठमाडौं, ९ चैत । जोडीलाई आफूतिर आकर्षित गर्न ट्राइसेराटोप्सजस्ता डाइनोसोरका टाउकामा सिङ‍ र झल्लर विकसित भएको हुनसक्ने एउटा अनुसन्धानले देखाएको छ।

पहिला सेराटोप्सिएन भनिने एकसिङ्गे डाइनोसोरहरूमा ती शृङ्गारिक अवयव भिन्न प्रजाति छुट्याउन विकसित भएको भन्ठानिएको थियो।

तर हालै रोयल सोसाइटी जर्नलमा प्रकाशित एउटा शोधले त्यो मान्यताको खण्डन गरेको छ।

आक्रामक देखिने ती रक्षात्मक अवयवहरू वास्तवमा डाइनोसरमा आफूलाई उपयुक्त जोडीका रूपमा चिनाउन विकसित भएको हुनसक्छ। यसलाई सामाजिक-यौनिक छनोट भनिन्छ।

‘सबैले आफ्नो गुण र आनुवंशिक संरचनाको विज्ञापन गर्छन्,’ शोधका मुख्य लेखक एन्ड्र्यु न्यापले बताए।

‘हामी यो मयूरको प्वाँखमा पनि देख्छौँ।’

भिन्नता

दुई प्रजातिलाई छुट्याउन सक्ने लक्षणहरू भाले र पोथीलाई चिन्न सकिने लक्षणभन्दा त्यति स्पष्ट हुँदैनन्।

अरू प्रजातिसँगको समागम रोक्न केही मिहीन लक्षणहरू आवश्यक हुन्छन्। यदि आकर्षित हैन विकर्षित गराउने उद्देश्य छ भने क्रमविकासका लागि थप प्रयास आवश्यक हुँदैन।

प्रारम्भमा सो शोधले सेराटोप्सिएन डाइनोसोरहरूमा भएका विशिष्ट सिङ र झल्लरहरू अन्तर्प्रजातीय भेदका हुन् कि हैनन् भनेर निर्क्योल गर्ने उद्देश्य राखेको थियो।

यसअघि गरिएका अनुसन्धानहरूले ती अवयवहरू प्रतिरक्षा र शरीरको तापक्रम नियन्त्रण गर्न उपयोग नहुने गरेको निष्कर्ष निकालेका थिए।

‘तिनको पुराजीवविज्ञान बुझ्न डाइनोसोरका जीवाश्महरूको अझ विस्तृत रूपमा अध्ययन हुनु उत्साहप्रद छ,’ क्यानडास्थित क्याल्गरी विश्वविद्यालयका पुराजीवविज्ञानका प्राध्यापक डा डार्ला जेलेनित्स्कीले भनिन्।

थाहा भएका सबै सेराटोप्सिएन प्रजातिका डाइनोसोरका जीवाश्मका प्रमाणहरूको स्थान र कालखण्डको विश्लेषण गरिएको थियो।

‘यीमध्ये केही अवयवहरू सम्भवतस् केही समय केही हदसम्म सिकारीसँग आफ्नो प्रतिरक्षा गर्न, पृथक् प्रजातिका सदस्यहरूलाई चिनाउन प्रयोग हुन्थे,’ उनले भनिन्।

‘तर तिनको क्रमविकासका लागि यी मूल कारण थिएनन्।’

जेलेनित्स्की उक्त शोधमा संलग्न थिइनन्।

अब यी शृङ्गारिक अवयवहरू क्रमिक रूपमा सामाजिक-यौनिक छनोटका लागि विकसित भएका हुन् कि हैन भनेर थप अनुसन्धान गरिने छ।

 

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

ट्रम्पकालीन अपमानसँग भारतले कसरी जुध्नुपर्छ?

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

घानाले कृत्रिम बुद्धिमत्ता विकासलाई तिब्रता दिने

यासुकुनी तीर्थस्थलको वास्तविकता उजागर गर्न एक जापानी सैनिकका छोराको दृढ संकल्प

ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच वार्ताः क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com