ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडाको चुनावमा लिबरल पार्टीको जीत


एबीसी न्यूज

काठमाडौं १६ बैशाख । क्यानडाको आमचुनावमा मार्क कार्नीको लिबरल पार्टीले जीत हासिल गरेको छ । प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले एक सय ६७ सिट जितेर सत्ता कायम राखेको तर बहुमतबाट भने चुकेको बीबीसीले जनाएको छ ।

३ सय ४३ सिट रहेको हाउस अफ कमन्स चेम्बरमा बहुमतका लागि एक सय ७२ सिट आवश्यक पर्छ । यस्तै कन्जरभेटिभ पार्टीले एक सय ४५ सिट जितेको छ । लिबरलहरूले सन् २०१५ मा बहुमत प्राप्त गरेपनि सन् २०१९ देखि अल्पसङ्ख्यकसँग मिलेर शासन गर्दै आएका छन् ।

यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको खबरमा उल्लेख छ । उहाँले राष्ट्रपति ट्रम्पले क्यानडालाई तोड्न खोजेको र त्यो कहिल्यै पूरा नहुने बताउनुभयो ।

प्रधानमन्त्री कार्नीले अमेरिकासँगको आफूहरूको पुरानो सम्बन्ध अब समाप्त भएको पनि बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहनुभएको छ र क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि गर्नुभएको छ ।

पहिले कहिल्यै निर्वाचित पदमा नरहनुभएका र गएको महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गर्नुभएका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा सेवा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com