ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाउनुपर्छ – रक्षामन्त्री राई


एबीसी न्यूज
बैशाख १६, २०८२ मंगलबार  १ : ०४ बजे

काठमाडौं १६ बैशाख । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाउनुपर्ने बताएका छन् । आर्थिक अवस्थाले धान्नसक्ने आयोजनालाई मात्रै राष्ट्रिय गौरवको आयोजनामा समेट्नुपर्ने उनको भनाइ छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा रक्षामन्त्री राईले सो धारणा राखेका हुन् ।

‘राष्ट्रिय गौरवका आयोजनाहरुमा मेरो पनि मत छ– यसलाई पुनर्विचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर हामीले घटाउनुपर्छ भने पनि घटाऔं,’ उनले भने, ‘थुप्रै घोषणा गर्ने, काम चाहिँ हुँदै नहुने । हाम्रो आर्थिक अवस्थाले धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्नु रु सक्ने मात्र गरौं भन्ने मेरो पनि मत छ ।’ उनले यो कुरा मन्त्रिपरिषदमा पनि राखेको उनले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनामा नराखी नहुने भए मात्र तर धेरै घोषणा गरेर लथालिंग राख्न नहुने उनले बताए । ‘हामीले गर्न सकिने मात्र गर्न पाए हुन्थ्यो भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि त्यो आफ्नो मत छ । मैले बारबार भनिरहेको छु,’ उनले भने ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको पुनःसूचीकरण गर्नुपर्ने मत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

संसद् छल्दै प्रधानमन्त्री वालेन्द्र, बढ्दो आलोचना र जवाफदेहितामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com