ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्डरग्राउन्ड डन दाउद इब्राहिमबारे अमेरिकी संसदमा विफ्रिङ


admin

काठमाडौं, ९ चैत । भारतीय मुलका डन दाउद इब्राहिमबारे अमेरिकी संसदमा विफ्रिङ गरिएको छ । इब्राहिम नेतृत्वको आतंककारी समूह डी–कम्पनी अन्य थुप्रै क्षेत्रहरुमा फैलिएको र शक्तिशाली अन्तरदेशीय आतंकवादी तथा अपराधिक संगठनका रुपमा विकास भएको अमेरिकी विधायकहरु समक्ष बताइएको छ ।

भारतमा केही आतंकवादी आक्रमण गराएर वान्टेडको सूचीमा रहेका अन्डरवर्ल्ड डन दाउद अहिले पाकिस्तानको कराँचीमा रहेको बताइन्छ । तर, पाकिस्तानले आफ्नो देशमा उनको उपस्थिति नकार्दै आएको छ ।

‘भारतबाट उम्रिएको डी कम्पनीले लागूऔषध ओसारपसारको केन्द्रविरुद्धको रुपमा कराँचीको ऐतिहासिक भूमिकालाई विस्तार गरेको छ,’ जर्ज मासोन युनिभर्सिटीका प्राध्यापक डा। लुइस शेल्लीले विधायकहरुलाई भनेका छन् । डी कम्पनी अहिले धेरै क्षेत्रमा छरिएको उनले दावी गरे ।

‘मेक्सिकन लागूऔषध संगठनहरुजस्तै डी कम्पनी छरिएको छ । उनीहरु हतियार र नक्कली डीभीडीहरुको ओसारपसारका साथै वित्तीय सेवामा समेत संलग्न छन्,’ उनले भने ।

दाउदविरुद्ध भारतको लामो अभियानलाई अमेरिकाले सन् २००३ मा मान्यता दिएको थियो, जब उसले दाउदलाई अलकाइदासँग जोडिएको विश्वव्यापी आतंकवादी घोषणा गर्‍यो ।

सोही अवसरमा नेसनल डिफेन्स युनिभर्सिटीका प्रोफेसर सेलिना बी रिलुयोले हालै अफगानिस्तानको काबुलमा भएका आक्रमणहरु नियोजित हुनुका साथै पाकिस्तानबाट सुरक्षितरुपमा सञ्चालन गरिएको बताइन् ।

सन् २०१८ मा विश्वले धेरै घातक आक्रमणहरु व्यहोरिसकेको छ । गत २० जनवरीमा काबुलमा २० बन्दुकधारी र सुरक्षाकर्मीबीचको गोली हानाहानमा २२ जनाको मृत्यु भएको थियो, जसमा ४ जना अमेरिकीहरु थिए ।

यसैगरी, २७ जनवरीमा एक आक्रमणकारीले काबुलमै एम्बुलेन्समा विष्फोट गराउँदा १०० जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी तालिवानले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com