ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी गुटामा बिहीबार रातिदेखि युद्धविराम घोषणा, आस्ताना वार्ता निष्कर्षहीन 


admin
चैत्र ९, २०७४ शुक्रबार  ४ : ३९ बजे

सिरिया, ९ चैत।  करिब दुई महिनायतादेखि निकै हिंसात्मकरुपमा आक्रमण भइरहेको सिरियाको पूर्वीक्षेत्र गुटामा बिहीबार मध्यरातबाट युद्धबिराम घोषणा गरिएको छ ।

सिरियाली विद्रोही समूहका प्रवक्ताले नै शुक्रबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । तर युद्धविरामको पालनाका बारेमा पनि विभिन्न टिकाटिप्पणी आएका छन् ।

युद्धबिराम पछि लडाकू र उनका परिवारजनलाई पनि त्यहाँबाट अन्यत्रै लगिएको बताइएको छ । यस विषयमा पहिले नै सम्झौता भएको एकजना अधिकारवादीले जनाएका छन् ।

रुस र सिरियाली सरकारी मध्यस्थकर्ताले गरेको सम्झौताअनुसार गएरातिदेखि युद्धविराम गर्ने र त्यहाँबाट लडाकू र उनका परिवारलाई बाहिर सुरक्षित स्थानतर्फ जान दिने बताइएको थियो ।

ती लडाकू तथा सो क्षेत्रका स्थानीय बासिन्दा र बाहिर जान चाहेका सर्वसाधारणलाई पनि हाल सिरियाली सरकारको नियन्त्रणमा रहेको इदलिब प्रान्तमा लगिएको छ ।

यद्यपी इदलिब प्रान्तमा सरकारले दुई दिनमात्र अघि गरेको हवाई कारबाहीमा परी २८ सर्वसाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

पूर्वी गुटामा पछिल्लो दुई महिनायता भएको यस्तो हमलामा परी एक हजारभन्दा बढीको ज्यान गएको छ । साथै यसरी मारिनेमा बालबालिका समेत कम्तीमा एक चौथाइ रहेका छन् ।

यस्ता आक्रमणका कारण यी क्षेत्रबाट मात्र चार लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् । ठूलो संख्यामा बालबालिकासहित सर्वसाधारणको ज्यान गएपछि त्यहाँ युद्धविरामका लागि दबाब आएको थियो ।

राष्ट्रसंघको शरणार्थीम्बन्धी सहायता निकायले यी पछिल्ला हवाई हमला र काबारहीका कारण चार लाखजना भन्दाबढी सिरियाली विस्थापित भएका जनाएको छ ।

पूर्वीगुटा क्षेत्रमा पुनःनियन्त्रण कायम गर्ने निहुमा सिरियाली सुरक्षाबलले हिंसात्मकरुपमा आक्रमण गरेको बताइएको छ ।

सिरियामा गएको आठ वर्षदेखि यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो ।

त्यहाँ जारी गृहयुद्धमा आतंककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन् । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् ।

त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबार बिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् ।

संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधि रोक्ने प्रयास गरिरहेको भएपनि त्यो सम्भव हुन सकिरहेको छैन ।

आस्ताना वार्ता निष्कर्षहीन 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार इरान, रुस र टर्कीका विदेशमन्त्रीबीच सिरियाको विषयलाई लिएर काजकिस्तानको राजधानी आस्तानामा हालै सम्पन्न त्रिदेशीय वार्ता पनि निष्कर्षबिहीन भएको छ ।

मस्को र तेहरानको समर्थन रहेको सिरियाली सरकारले दमासकसको बाहिरी इलाकामा अवस्थित पूर्वीगुटामा हवाई कारबाही गरेको एक महिनापछि यो छलफल भएको थियो ।

सिरियाको राजधानी दमासकसको उपनगरको रुपमा रहेको गुटा सहरको पूर्वीभागमा जारी रहेको भयावह मानवीय अवस्था नै यस छलफलको प्रमुख एजेन्डाको रुपमा रहेको बताइएको थियो ।

छलफलमा यी तीन देशका विदेशमन्त्री इरानका मोहमद जाभेद, रुसका सेर्गेइ लाभरोभ र टर्कीका मेभ्लुट चागुसोङ्लुले शान्तिवार्ताका लागि पहल गर्नुभएको थियो ।

यस विदेश मन्त्रीस्तरीय छलफलले इस्तानबुलमा आगामी अप्रिल ४ तारिखमा हुने तीन राष्ट्रका राष्ट्रपतिको वार्ताको आधार बनाउने अनुमान गरिएको थियो ।

तर त्यस विषयमा पनि उहाँहरुबाट कुनै निष्कर्ष निस्कन नसकेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com