काठमाडौं १२ बैशाख । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन्।
नेपाल चिकित्सक संघले आज ९वैशाख १२ गते० देखि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ।
बिहीबार नै विज्ञप्ति जारी गरी संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको थियो।
निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्राजुएट ९पीजी० तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन्। चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तह ९४८ हजार रुपैयाँ मासिक० को भत्ता दिनुपर्ने उनीहरुले माग राखेका छन्।







प्रतिक्रिया दिनुहोस्