ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस शीर्ष नेताको बैठक जारी, दुवै महामन्त्री अनुपस्थित


एबीसी न्यूज
फाल्गुन १६, २०८१ शुक्रबार  ७ : ५१ बजे

काठमाडौं १६ फागुन । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बसिरहेको बैठकमा पार्टीका वर्तमान र पूर्वपदाधिकारी सहभागी छन् ।

बैठकमा वर्तमान कार्यसमितिका दुवै महामन्त्रीको अनुपस्थित छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा राजधानीबाहिर छन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबारको ‘निराशा व्याख्या र वास्तविकता’ सेसनका वक्ता रहेका थापा कार्यक्रम सकेपछि हवाइ मार्गबाट काठमाडौं आउने र बैठकमा सहभागी हुने तालिका थियो । तर खराब मौसमका कारण जहाज उड्न नसक्दा उनी स्थल मार्गबाट काठमाडौं आइरहेका छन् । यसअघि बिहीबार उनी पोखरामै भएको लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा सहभागी भएका थिए ।

अर्का महामन्त्री शर्मा गृह जिल्ला झापामा छन् । शर्मा २३ फागुनमा मात्रै काठमाडौं आउने भएका छन् ।

अध्यादेश, संसद्मा दर्ता भएका विधेयक, भ्रातृ संस्थाको अधिवेशन लगायतमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

माननीय’ हटाउने निर्णय: सुधारको संकेत कि प्रतीकात्मक राजनीति ?

सम्बन्धित

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com