काठमाडौं १६फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास व्यक्त गर्नु भएको छ ।
उहाँले रुस र युक्रेनबीच युद्धविरामबारे छिट्टै सहमति हुनेमा आशावादी रहेको बताउनुभएको हो ।
बेलायती प्रधानमन्त्रीसँगको भेटका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सेनाको प्रशंसा गर्नुभएको बीबीसीले जनाएको छ ।
उहाँले बेलायतसँगको व्यापार सम्झौताबारे कुनै पनि शुल्क लागू नगरी छिटै सम्झौतामा पुग्न सकिने दाबी गर्नुभएको छ ।
ट्रम्पले बेलायतको भ्रमणको लागि राजा चाल्र्सको निमन्त्रणा पनि स्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।
ट्रम्पले चागोस द्वीप समूह मौरिससलाई सुम्पिने बेलायती योजनामा साथ रहन इच्छुक रहेको पनि बताउनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्