काठमाडौं १५ फागुन । हङकङ नेपाली महासंघको वार्षिकोत्सवमा सहभागी हुन ‘दृष्टिका भगवान्’ उपमा पाएका प्रा।डा। सन्दुक रुइत हङकङ आउने भएका छन्।
महासंघले आइतबार २ मार्च २७औँ वार्षिकोत्सव मनाउँदैछ। कार्यक्रममा नेपालबाट डा। रुइत धर्मपत्नी नन्दलक्ष्मीको साथमा उपस्थित हुने कार्यक्रम रहेको महासंघले जनाएको छ।
साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रम याउमा तेईस्थित हेनरी जि। ल्योङ कम्युनिटी हलमा हुनेछ।
महासंघका संरक्षक प्रदीप थापाका अनुसार यस दिन हङकङमा रहेर विभिन्न क्षेत्रमा असल काम गरेका व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ। साथै, महासंघका सहयोगी संस्थालाई कदर पत्र प्रदान गरिनेछ।
कार्यक्रममा डा। रुइतले गरेका कामहरूको भिडिओ प्रदर्शनी समेत गरिने संरक्षक थापाले जनानकारी दिए।
महासंघले यसअघिका वर्षमा पनि समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ।
समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछन्। प्रवेश निस्शुल्क रहेको कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन हङकङवासी नेपाली समुदायमा महासंघले सूचनामार्फत आग्रह गरेको छ।







प्रतिक्रिया दिनुहोस्