ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा सुरु भयो डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन


एबीसी न्यूज

काठमाडौं १५ फागुन । काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ ।

महान्यायाधिवक्ता कार्यालयको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनको बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले डिजिटलको माध्यमबाट हुने सबै प्रकारका अपराधहरूलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताइन् । उनले भनिन्,’डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ। यसले देशकै अर्थतन्त्रमा असर गर्छ।’

डिजिटलको माध्यमबाट हुने अपराधहरूको मुद्दा अहिले अदालतमा बढ्‍न थालेको भन्‍दै उनले यसका लागि विभिन्न सामाजिक सञ्जालहरूलाई स्वदेशको कानुनमा आधारित रहेर दर्ता हुन जरूरी रहेको उनको भनाइ थियो ।

उनले डिजिटल अपराधले महिलाको करियर मात्रै होइन सामाजिक हुने बहिस्करणलाई झन् प्रताडित गर्ने भन्‍दै महिलाको उपस्थितिलाई नै प्रमाणको रुपमा हेर्नुपर्ने बताइन् ।

यस्तै बेलायतकी सरकारी वकिल सेहनाज मुसरफले महिलामाथि हुने हिंसाहरू अब सामाजिक सञ्जालमा छरपस्ट भइरहेको भन्‍दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘अपराधिक गतिविधिहरू अहिले सामाजिक सञ्जालमा महिलाहरूलाई लक्षित गरेर बढिरहेको छ। यसबारेमा सबैले कूटनीतिक तरिकाले समाधानको बाटोमा लाग्नुपर्छ।’

शारीरिक, मानसिक र भावनात्मक रुपले प्रताडित गरिने महिलामाथिको अपराध झन् डरलाग्दो भएको भन्‍दै हुने यसलाई न्याय निरूपण गर्दा क्रिमिनल जस्टिसको सिद्धान्त अनुसार गर्नुपर्ने बताइन् ।

अहिले अनलाइनबाट सबैभन्दा बढी सेक्सटोर्सन, शारीरिक र मानसिक तनाव दिने अपराधिक समूह नै लागिरहेकाले यसलाई प्रमाणको आधारमा नभई अपराधको प्रकृति हेरेर कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

उद्‌घाटनपछि डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा छलफल हुने महान्यायाधिवक्ता रमेश बडालले जानकारी दिए । अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र संस्थागत क्षमता सुधारका उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

सम्मेलनमा सहभागी विज्ञहरुले ‘डिजिटल युगका अपराधहरु स् पूर्वानुमान र त्यसमाथिको सम्बोधन’ भन्ने अवधारणामा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।

प्रविधिमा आधारित अपराधहरु बढ्दो क्रममा रहेको र त्यसले समाजमा चुनौती थपेकाले सम्बोधनका लागि सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता बडालले बताए ।

सम्मेलन प्रविधिमा आधारित भएर हुने यौन हिंसा र दुर्व्यवहार, साइबर अपराध, क्रिप्टोकरेन्सी र डिजिटल आर्थिक अपराध, एआईको प्रयोगबाट हुने अपराधहरुका विषयमा केन्द्रित हुनेछ ।

सम्मेलनमा नेपाल, भारत, चीन, श्रीलंका, बेलायत लगायत देशका अनुसन्धानकर्ता, अपराधशास्त्रका विज्ञहरु, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ तथा न्यायाधीश सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

सम्बन्धित

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ–पूर्णबहादुर खड्का

थाइल्याण्डमा रेल दुर्घटना : क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, ५५ घाइते

रविले महान्यायाधिवक्ता कार्यालयमा मुद्दा फिर्ताको माग गर्दै निवेदन दिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com