ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुम्भ मेलाबाट फर्कि‌एका नेपाली चढेको गाडी दुर्घटना हुँदा ४ को मृत्यु, ६ गम्भीर घाइते


एबीसी न्यूज
फाल्गुन १०, २०८१ शनिबार  ७ : २७ बजे

काठमाडौं १० फागुन । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनमा परेर ६ नेपाली गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु भएकामध्ये तीनजना सप्तरी र एकजना सुनसरीका हुन् । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लिलादेवी चौधरी, कञ्चनरुप–७ कै पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वकी हरिहरदेवी यादव छन् ।
दुर्घटनामा परेर सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादवको पनि ज्यान गएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्र बस्नेतले कञ्चनरुपका तीन जनाको मृत्यु भएको तथा अन्य तीन जना घाइते भएको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको बताए ।
उनका अनुसार दुर्घटनामा शिक्षक उपेन्द्र चौधरी, जितु यादवलगायत छन् । घाइतेमध्ये दुईजना उदयपुरका पनि छन् । सबैको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले बताएको डीएसपी बस्नेतले जानकारी दिए ।
घाइतेहरूको गोरखपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको थियो । पाँच जना घाइते भएका थिए । तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका(९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्माको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com