ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पाटाको अभियान


admin
श्रावण १३, २०७४ शुक्रबार  ७ : ४८ बजे

काठमाडौँ, १३ साउन । मुलुकको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण पर्यटकीय ‘इभेन्ट’ गर्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले थप मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाउने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगमलगायत संस्थाको साझेदारीमा अन्तरराष्ट्रिय कार्यक्रम गर्दै आएको पाटाले पहिलो पटक ‘स्क्याण्डिभिएन कन्ट्री’ नर्वे जर्मन, डेनमार्क, फिनल्याण्ड, स्वीडेनलगायत देशमा ‘सेल्स मिसन’ चलाउने तयारी गरेको हो ।

त्यस्तै पर्यटकीय सम्भावना बोकेका चीन, युरोप, अमेरिका, रसियालगायत मुलुकमा पाटाको प्रवद्र्धनात्मक अभियान विस्तार गर्ने योजना छ । नेपालमा पर्यटकीय सम्भावना बोकेका मुलुकबाट सेवाग्राही ‘पोटेन्सियल क्लाइन्ट’ भित्र्याउने उद्देश्यले पाटाले फरक किसिमको ‘सेल्स मिसन’ लैजाने योजना बनाएको पाटाको प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले राससलाई बताउनुभयो । उहाँका अनुसार यस्तो कार्यक्रम सन् २०१८ मा गर्ने तयारी छ ।

पाटाले आफ्ना च्याप्टर रहेका मुलुकमा हरेक वर्ष ‘पाटा ट्राभल मार्ट’ गर्दै आएको छ । एक–अर्का देशका व्यवसायीबीच व्यापार आदानप्रदान गर्ने उपयुक्त माध्यमका रुपमा मार्टलाई लिइन्छ । पाटा ट्राभल मार्टको ४० औँ संस्करण आगामी भदौमा मकाउमा हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com