अर्जेन्टिनाका राष्ट्रपति हभियर मिलेईले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो ठूलो काण्डको सामना गर्दैछन्। १४ फेब्रुअरीमा उनले एक्स नामक सामाजिक सञ्जाल सेवामा $LIBRA नामक क्रिप्टोकरेन्सीको प्रशंसा गर्दै पोस्ट गरे, जसले “साना कम्पनीहरू र अर्जेन्टिनी उद्यमहरूलाई वित्तपोषण गर्ने“ भन्ने बताएका थिए। त्यसपछि हजारौं मानिसहरूले एक घण्टाभित्र उक्त क्रिप्टोकिन्डमा लगानी गरे। त्यहाँको मूल्य मिलेईको पोस्टको समयमा २१ सेन्टबाट वृद्धि हुँदै ५.५४ अमेरिकी डलरमा पुग्यो र त्यसपछि पुनः गिरावट आयो।
अधिकांश लगानीकर्ताले आफ्नो पैसा गुमाए। मिलेईले आफ्नो पोस्ट मेटाए। १७ फेब्रुअरीसम्म १०० भन्दा बढी आपराधिक उजुरीहरू उनविरुद्ध दर्ता भएका छन्, जसमा धोखाधडीको आरोप लगाइएका छ । अर्जेन्टिनाको विपक्षी दलले उनलाई महाभियोगको माग गरिरहेको छ ।
राष्ट्रपतिले परियोजनाबाट आफूलाई अलग्याउन प्रयास गरेका छन्, उनको पोस्टले कुनै कुरालाइै समर्थन जनाएको थिएन भन्ने उनको स्पष्टीकरण रहेको छ । उनले राम्रो विश्वासमा कार्य गरेका थिए र “विवरणसँग परिचित नभएको“बताएका छन् । असजिलो रुपमा, उनको कार्यालयले उनले नियमित रूपमा व्यवसायहरूको समर्थन जनाउने गरेको बताएको छ ।
$LIBRA को एक पृष्ठभूमिका सदस्य, हेडन डेभिस नामक एक मार्केटर, जो जनवरीमा मेलानिया ट्रम्पद्वारा प्रवद्र्धित एक क्रिप्टोकरेन्सीको टोलीको हिस्सा थिए, त्यस क्रिप्टो सिक्काले केही दिनमा यसको ९०% मूल्य गुमायो। १५ फेब्रुअरीमा, डेभिसले आफूलाई “हाभियर मिलेईको सल्लाहकार“ भनेर चिनाएका थिए र “उनी र उनको टोलीसँग काम गर्दै छन्“उनले भनेका थिए । मिलेईको कार्यालयलेसरकारले डेभिससँग कुनै सम्बन्ध राख्दैन भन्ने स्पष्टीकरण दिएको। छ।
यो मिलेईको पहिलो क्रिप्टो विवाद होइन । २०२१ मा उनले इन्स्टाग्राममा World Xcoin नामक एक कम्पनीको पनि प्रवद्र्धन गरेका थिए। पछि त्यसलाई अर्जेन्टिनी नियामकहरूले बन्द गरेका थिए ।
भित्री व्यक्तिहरूले मिलेईको पोस्टको बारेमा पूर्व जानकारीको आधारमा फाइदा उठाएका हुन् सक्ने बताइएको छ। बुएनोस आयर्स हेरल्डका अनुसार, एक वालेटले मिलेईको पोस्टको ठीक समयमै १ मिलियन डलरको सिक्का किन्यो। त्यस वालेटले ४५ मिनेटपछि बेच्यो, जसले ८.५ मिलियन डलरको नाफा कमायो।
राष्ट्रपतिले आफ्नो आदर्शका रुपमा डोनल्ड ट्रम्पको अनुकरण गर्न खोजेका हुन सक्छन्, जसले जनवरीमा एक क्रिप्टोकरेन्सी सुरू गरेका थिए (यसको मूल्य पनि घट्यो)। मिलेईले ट्रम्पको नेतृत्व अनुसरण गर्दै अर्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा गरेका छन्। उनले पेरिस जलवायु सम्झौताबाट बाहिरिने विचार गर्दैछन्। $LIBRA को घटनाले देखाए अनुसार सबै मागा अनुकरण साँचो सफलता हुँददैन ।







प्रतिक्रिया दिनुहोस्