ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान एयरलाइन्ससँग कनेक्टिङ फ्लाइटमा जोडियो वायु सेवा निगम


एबीसी न्यूज

काठमाडौं ७ फागुन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्सले व्यापार विस्तार गर्ने भएका छन्।

दुई कम्पनीले द्विपक्षीय आपासी सम्झौता गरेको निगमले जनाएको छ। यसअनुसार निगमको सिधा उडानबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइटबाट विभिन्न अमेरिकी र पश्चिमा मुलुकसँगै कोरियाको यात्रा गर्न सहज हुनेछ।

सम्झौताअनुसार निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विश्वभरको अन्तिम गन्तव्यसम्मका लागि यात्रु तथा ब्यागेज चेकइन सुविधा पाइने निगमले जनाएको छ।

त्यस्तै सोही नेटवर्क हुँदै विश्वभरबाट पर्यटकहरु नेपाल सहज रुपमा आउन सक्नेछन्। यसले नेपाल वायुसेवा निगमको व्यापार विस्तार भई समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने निगमले उल्लेख गरेको छ।

सम्झौतासँगै नेपाल र जापानका ध्वजावाहकमार्फत परस्पर व्यापार विस्तार हुने, यात्रुलाई सहज र किफायती हुने, विश्वभरका विभिन्न मुलुक र जापानको विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्वस्तरीय सेवा प्रदान गर्न सकिने निगमको विश्वास छ।

योसहित निगमसँग प्यासेन्सज इन्टरलाइन पार्टनरसिप अग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ भने कार्गो इन्टरलाइन पार्टनरसिप अग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

सम्बन्धित

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com