ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केआईआईटी कलेजले माफी माग्यो


एबीसी न्यूज
फाल्गुन ६, २०८१ मंगलबार  ३ : ४८ बजे

काठमाडौं ६ फागुन । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रकरणमा माफी मागेको छ ।

रुपन्देहीकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको घटनाप्रति कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।
‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्‍यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्‍यहारप्रति हामी अत्यन्तै दुस्खी हुँदै माफी चाहन्छौं, ‘ उनले विज्ञप्तिमा भनेका छन्, ‘ हामी नेपाली विद्यार्थीलाई त्यतिबै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं।’

उनले नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन अनुरोधसमेत गरेका छन् ।
उक्त कलेजले नेपालबाट पढ्न गएका १४ सय विद्यार्थीमाथि अपमानजनक टिप्पणीसहित होस्टेलबाट निकाल्ने काममा संलग्न कर्मचारीमाथि कारबाही गरिसकेको छ ।

यसअघि केआइआइटी प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुईजना सुरक्षाकर्मीलाई बर्खास्त गरिएको जनाएको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ थालिएको कलेजले विज्ञप्तिमार्फत् जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको कलेजले जनाएको छ ।

क्याम्पस कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउन सक्रिय रूपमा काम गरिरहेको पनि मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहजीकरणका लागि कन्ट्रोल रुम सञ्चालन गरिएको कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

सम्बन्धित

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

गगन थापालाई आधिकारिकता दिने सर्वोच्चको फैसलामा पुनरावलोकन गर्ने देउवा पक्षको निर्णय

सुरक्षाकर्मी परिचालन गर्दै विश्वविद्यालयबाट विद्यार्थी संगठनका संरचना हटाउँदै सरकार

सरकारलाई नेकपाको खबरदारी– सुकुमबासीलाई उठीबासदेखि ट्रेड युनियन खारेजीसम्ममा विरोध

देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com