ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैशाखमा सिरीजङ्घा महोत्सव, हाफ म्याराथन र चौरी प्रर्दशनको पुरस्कार घोषणा


एबीसी न्यूज
फाल्गुन ५, २०८१ सोमबार  ३ : २२ बजे

काठमाडौं । पर्यटन प्रर्वद्धन गर्ने उद्देष्यका साथ आगामी बैखाशमा ताप्लेजुङको सिरीजङ्घा गाउँपलिकाले विभिन्न कार्यक्रमहरुसहित सिरीजङ्घा पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।

हालै पालिकाका उपाध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक डा. चित्र मावोको अध्यक्षतामा सम्पन्न समितिको बैठकले सिरीजङ्घा पर्यटन महोत्सवको कार्यक्रम तालिका र पुरस्कार राशीहरु घोषणा गरेको थियो । सार्वजानिक गरिएको कार्यक्रम तालिका अनुसार जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न बैशाख ५ देखि १३ गतेसम्म कञ्चनजङ्घा साहसिक पदमार्ग अवलोकन कार्यक्रम, बैशाख १४ र १५ गते स्थानीय याक तथा चौरी प्रर्दशनी कार्यक्रम र बैशाख १५ गते कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता–२०८२ र सोही दिन बेलुका कला, साहित्य तथा संगीत कार्यक्रम आयोजना गरिने बताइएको छ ।
हाफ म्याराथन प्रतियोगिताको विजेतालाई २ लाख ८ हजार ५ सय छयासी रुपैयाँ, उपविजेतालाई १ लाख ८ हजार ५ सय छयासी रुपैयाँ र तेस्रो हुनेलाई ५८ हजार ५ सय छयासी रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पालिकाले घोषणा गरेको छ । यसैगरी चौरी प्रर्दशनमा सर्वोत्कृष्ट हुनेलाई २ लाख ८ हजार ५ सय छयासी रुपैयाँ र एक जनालाई सान्त्वना पुरस्कारस्वरुप ८ हजार ५ सय छयासी रुपैयाँ प्रदान गरिनेछ । यसै पालिकाभित्र पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कञ्चनजङ्घाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव समितिका संयोजक डा. चित्र मावोले जानकारी दिए ।

समुन्द्र सतहबाट झण्डै ४५०० मिटरको उचाइमा आयोजना हुने कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको लागि कञ्चनजङ्घा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनी, कस्तुरे डाँडाँ, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ हुदै मछेवासम्मको दुरी कायम गरिएको छ । संघीय सरकारसँगको लागत साझेदारीमा सिरीजङ्घा गाउँपालिकाले निर्माण गरेको कञ्चनजङ्घा साहसिक पदमार्गबाट मकालुदेखि कञ्चनजङ्घासम्मको लामो हिमश्रृंखला अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ । यो पदमार्ग पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com