काठमाडौं, ४ चैत । स्वतन्त्र प्रदेशसभा सांसद् राजीव गुरुङ (दिपक मनाङे) को नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्