ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु


एबीसी न्यूज

काठमाडौं २९ माघ । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको बम विस्फोटमा कम्तीमा ६ को मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंकबाहिर लाइन बसेका मानिसहरूलाई लक्षित गरी आत्मघाती आक्रमण भएको अफगान प्रहरीले जनाएको छ । मारिनेमा सर्वसाधारण, सरकारी कर्मचारी र तालिबान सुरक्षा बलका सदस्य छन् ।

हमलामा घरेलु विस्फोटक उपकरण प्रयोग भएको कुन्दुज प्रान्तका प्रहरी प्रवक्ता जुमादिन खाक्सरले बताए । उनका अनुसार विस्फोटक पदार्थ बोकेका व्यक्तिले भीडमा पुगेर आफैंलाई विस्फोट गराएका थिए ।

कुन्दुज प्रान्त प्रहरी कमान्डले घटनाका दोषीहरूलाई पत्ता लगाउन र न्यायको कठघरामा ल्याउन सम्बन्धित संस्थाहरूसँग काम गरिरहेको छ,’ खाक्सरले भने ।

गत वर्षको मार्चमा इस्लामिक स्टेट आइएस को क्षेत्रीय शाखाले गराएको आक्रमणपछि यो दोस्रो घटना भएको बताइएको छ । मंगलबारको आक्रमणको भने अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

सन् २०२१ मा अमेरिका समर्थित सरकारलाई हटाएर तालिबानले शासन सत्ता चलाएपछि अफगानिस्तानमा बम विस्फोट र आत्मघाती आक्रमणका घटना छिटपुट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com