ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक शक्तिका आडमा कानुनविपरीत काम गरेको सरकारलाई सैह्य हुँदैन : ओली


admin

काठमाडौ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्वसांसद मञ्चका पदाधिकारीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपालको चाहना’ पुरा गर्न पूर्वसांसदहरुको अनुभव कामयावी हुने बताउनुभएको छ ।

‘पूर्व सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आफू संसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशानिर्देश गर्न सक्छ ।’

नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने भएकोले राष्टिकय एकताको भावना बलियो बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले ‘आपसमा भिडाएर द्वन्द्वको खेति गर्नेहरु सबैतिर सक्रिय हुन्छन् । उनीहरु द्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउँछन् ।’

नेपालमा पनि जातीय, धार्मिक, भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरुले त्यसलाई अस्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभूति जनताले पाउनुपर्ने प्रधानमन्त्री ओलीको तर्क छ । ‘लोकतन्त्र आयो नि भन्ने तर त्यसको अनुभूति तल्लो स्तरको जनताले महशुस नगर्ने’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘जनताले महशुस गर्ने गरी लोकतन्त्रको अनुभूति गराउनु यो सरकारको दायित्व हो ।’

प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिशनका भरमा नभइ न्यायोचित ढंगले हुनुपर्ने बताउनुभएको छ । ‘सरकारको भ्रष्टाचार न्यूनिकरण गर्ने निर्मूल गर्ने नीति छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘राजनीतिक आडमा, शक्तिका आडमा कसैले पनि कानुनविपरीत काम गरेको सरकारलाई सैह्य हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

दलहरु आ–आफ्नै दाबीसहित चुनावी रणनीतिमा (भिडियोसहित)

नागरिकता विधेयक : अर्धविराम, पूर्णविरामसमेत फेरबदल नगरी हुबहु पठाउछौं भन्नुले अभिभावकीय संस्थाप्रति अनादर (भिडियोसहित)

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...