ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चरेस बोकेको समूहका २ व्यक्ति पक्राउ परे, एकजना प्रहरीलाई पिटेर भागे


एबीसी न्यूज

काठमाडौं २९ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका(९ ब्रह्मदेव जिरो प्वाइन्टबाट चरेससहित दुई जना पक्राउ परेका छन्। मंगलबार बिहान सशस्त्र प्रहरीको बीओपी नजिकबाट ९ किलोग्रामभन्दा बढी चरेससहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको छबीसपाथीभेरा गाउँपालिका(२ का ३५ वर्षीय महेन्द्रबहादुर रोकाया र ४२ वर्षीय अमरबहादुर रोकाया छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार तीन जना चरेस बोकेर भारततर्फ गइरहेका थिए।

इलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले शंका लागेर जाँच गर्ने बेला उनीहरूको साथमा चरेस फेला परेको हो।
उनीहरूले शरीरमा चरेस बाँधेर बाहिरबाट ज्याकेट लगाएका थिए। बझाङबाट चरेस लिएर आएका उनीहरू भारततर्फ गइरहेको खुलेको छ।

जाँच गर्ने क्रममा चरेस बोकेको समूहमा रहेका एक जना भने प्रहरीलाई हातपात गरेर भारततर्फ भागेको प्रहरीले जनाएको छ।

ती व्यक्ति बझाङको छबीसपाथीभेरा गाउँपालिका(२ का ४३ वर्षीय दीपक भनिने रामबहादुर ऐरी भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हातपातबाट घाइते प्रहरीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइइको प्रहरीले जनाएको छ।

चरेससहित पक्राउ परेका दुई जनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com