काठमाडौं २८ माघ । आज सोमबार पनि संसद्का दुवै सदनका बैठक बस्दै छन्। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस तथा अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ। यस्तै आज दिउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
सो बैठकमा मिडिया काउन्सिल विधेयक २०८० मा छलफल गरी पारित गर्ने कार्यसूची छ।








प्रतिक्रिया दिनुहोस्