काठमाडौं, २ चैत । अनशनरत रेशम चौधरीलाई जुस खुवाउँदै गृहमन्त्री रामबहादुर थापाले अनसन तोडाउनुभएको छ ।
संसदको सपथ खान पाउनुपर्ने र आफु बिरुद्धको मुद्दा फिर्ताको माग सहित अनसनरत चौधरीको अनसन तोडाउनको लागि गृहमन्त्री थापा आफै वीर असपताल पुग्नुभएको हो ।

अनसन तोडेपछि गृहमन्त्री समक्ष चौधरीले आफु दोसी नरहेको दावी गर्नुभयो । गृहमन्त्रीलार्इ चौधरीले घटनाको बेला आफु बर्दियामा रहेको समेत जानकारी दिनुभयो ।
गृहमन्त्री थापासँगै राष्ट्रिय जनता पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पनि अस्पताल पुग्नुभएको थियो ।
एसएसपीसहित ७ सुरक्षाकर्मी हत्या आरोपमा फरार रहेका चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। घटना भएको ३० महिनापछि फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । उनी हाल थुनामा बन्दी अवस्थामै अस्पतालमा भर्ना छन।
टिकापुरको घटनाका मुख्य आरोपी रेशम चौधरी गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–१ बाट विजयी हुनुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्