ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगहरूको बिगबिगी भएको समाजमा सरल ढंगले अघि बढ्न सकिन्न- अध्यक्ष भट्टराई


एबीसी न्यूज

काठमाडौं २७ माघ । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिका निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्ने बताए ।

अब यो नयाँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्छ । त्यसको निम्ति एउटा दिशाबोध हुनुपर्छ । कसरी जाने भन्ने । किनभने राजनीति भन्नेबित्तिकै समाजका समस्या समाधान गर्ने साधन हो, उनले भने ।

अध्यक्ष भट्टराईले बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताए । बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन् । चारपट्टिबाट घेरेर निराश बनाउँछन्, उनले भने ।

अध्यक्ष भट्टराईले वैकल्पिक राजनीति रूपान्तरणकारी राजनीति भएको उल्लेख गर्दै भने, राजनीति भनेको ठीक र बेठीकको बीचको निरन्तर द्वन्द्व हो । एउटा सत्तामुखी राजनीति, ढाँट, छल, तिक्डम, जालझेल गरेर जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, राज्यको दोहन गर्ने भन्ने छ । त्यो पुरानो राजनीति हो । हामीले भनेको रूपान्तरणकारी राजनीति हो । जसले समाजमा खुसी र समृद्ध बनाउँदै जाने हो । नयाँ युगको नयाँ कार्यभार वैकल्पिक राजनीतिको औचित्य र आधार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com