ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगहरूको बिगबिगी भएको समाजमा सरल ढंगले अघि बढ्न सकिन्न- अध्यक्ष भट्टराई


एबीसी न्यूज
माघ २७, २०८१ आईतबार  ४ : ५३ बजे

काठमाडौं २७ माघ । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिका निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्ने बताए ।

अब यो नयाँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्छ । त्यसको निम्ति एउटा दिशाबोध हुनुपर्छ । कसरी जाने भन्ने । किनभने राजनीति भन्नेबित्तिकै समाजका समस्या समाधान गर्ने साधन हो, उनले भने ।

अध्यक्ष भट्टराईले बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताए । बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन् । चारपट्टिबाट घेरेर निराश बनाउँछन्, उनले भने ।

अध्यक्ष भट्टराईले वैकल्पिक राजनीति रूपान्तरणकारी राजनीति भएको उल्लेख गर्दै भने, राजनीति भनेको ठीक र बेठीकको बीचको निरन्तर द्वन्द्व हो । एउटा सत्तामुखी राजनीति, ढाँट, छल, तिक्डम, जालझेल गरेर जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, राज्यको दोहन गर्ने भन्ने छ । त्यो पुरानो राजनीति हो । हामीले भनेको रूपान्तरणकारी राजनीति हो । जसले समाजमा खुसी र समृद्ध बनाउँदै जाने हो । नयाँ युगको नयाँ कार्यभार वैकल्पिक राजनीतिको औचित्य र आधार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

सम्बन्धित

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com