काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओलीले एमालेका ८ र माओवादी केन्द्रका ७ मन्त्री थप्दै मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
एमालेबाट ६ मन्त्री, २ राज्यमन्त्री, माओवादीबाट ५ मन्त्री र २ राज्यमन्त्रीसहित १५ जनाले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। यससंगै ओली सरकार २२ सदस्यीय बनेको छ ।
एमालेका नयाँ मन्त्री-
परराष्ट्र, प्रदिप ज्ञवाली
श्रम तथा रोजगार,गोकर्ण विष्ट
पर्यटन, रविन्द्र अधिकारी
युवा तथा खेलकुद, जगत विश्वकर्मा
भौतिक पूर्वाधार रघुवीर महासेठ
कानुनमन्त्री शेरबहादुर तामाङ
सूचना तथा सञ्चार, राज्यमन्त्री, गोकुल बास्कोटा
स्वास्थ्यराज्यमन्त्री पदमा अर्याल
माओवादीका नयाँ मन्त्री-
शिक्षा, गिरिराजमणि पोखरेल
उर्जा तथा जलस्रोत, वर्षमान पुन
कृषि तथा सहकारी, चक्रपाणि खनाल
खानेपानी, बिना मगर
वन तथा वातावरण, शक्ति बस्नेत
संस्कृति राज्यमन्त्री, धनबहादुर बुढा
कृषि राज्यमन्त्री, रामकुमारी चौधरी
यसअघि एमालेबाट ईश्वर पोखरेल-रक्षा, युवराज खतिवडा-अर्थ, थममाया थामा मगर- महिला बालबालिका तथा समाज कल्याण र लालबाबु पण्डित जनसंख्यामन्त्री थिए। पण्डितलाई अहिले सामान्य प्रशासन मन्त्रालय दिइएको छ। त्यस्तै माओवादीबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग तथा वाणिज्यमन्त्री थिए।
संघीय समाजवादी फोरम भने शुक्रबारको मन्त्रिमण्डलमा सहभागी भएन।
शपथ कार्यममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस्