ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक


एबीसी न्यूज

काठमाडौं २४ माघ । सरकारी कर्मचारी सरह सेवा सुविधाको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको छ ।

आवासीय चिकित्सकको पारिश्रमिक आठौं तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँ दिन सरकार सकारात्मक भएको हो ।

बुधबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, निजी मेडिकल व्यवसायीका प्रतिनिधि र आवासीय चिकित्सकका प्रतिनिधिहरुसहित छलफल भएको थियो । सो छलफलमा आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको एक सहभागीले बताए । तर चिकित्सा शिक्षा आयोगसँग प्रधानमन्त्री ओलीले छलफल गरेपछि लिखित सम्झौता हुनेछ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गर्दै पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो । त्यसपछि चिकित्सकहरुले आन्दोलनको घोषणा गरेपछि पुनरावलोकन गर्न सरकार सकारात्मक भएको हो ।

वार्ता सकारात्मक भएपनि सम्झौता नभएसम्म पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम यथावत रहने स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा। शेषराज घिमिरेले बताए । ‘राति छलफल भएको हो । छलफल सकारात्मक भएको छ । तर सम्झौता भएको छैन । हाम्रो कार्यक्रम यथावत रहन्छ,’ उनले भने ।

आज पठनपाठन समेत रोक्ने चेतावनी आवासीय चिकित्सकहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com