काठमाडौं २४ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का केन्द्रीय सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको बिहीबारको थुनछेक बहस सुरु भएको छ ।
बहसमा वादीको तर्फबाट बारा, पर्सा र धादिङका जिल्ला न्यायाधिवक्ताहरू ९सरकारी वकिल०ले क्रमशः भाग लिने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । यो मुद्दामा हिजो बुध बारबाट थुनछेक बहस सुरु भएको हो ।
हिजो चितवनका जिल्ला न्यायाधिवक्ता र सहन्यायाधिवक्ता तथा जाहेरवालाका एक जना कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएका कारण हिजो अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो । वादी र जाहेरवालाका वकिलहरूले बहस गरेपछि मुद्दामा प्रतिवादी रवि लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्ने छन् ।
पक्ष विपक्षका वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीशले मुद्दाको अन्तिम फैसला नआउँदासम्म प्रतिवादीलाई थुनामा राख्न कारागार पठाउने, धरौटी लिएर तारेखमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने निर्णय दिने छन् । रवि लामिछानेविरुद्ध सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय हुनु पर्ने र साहारा सहकारीबाट गोर्खा मिडियामा गएको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ रकम लामिछानेसहित चार जनाको सामूहिक दायित्वमा हुन आउने बिगोबाट असुल गर्न माग राखेर मुद्दा दायर भएको छ ।








प्रतिक्रिया दिनुहोस्