ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभियोगपत्र अध्ययन गर्न छानबिन कार्यदल


एबीसी न्यूज

काठमाडौं २४ माघ । स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा दायरका क्रममा त्रुटि भएको आरोपमा जिल्ला न्यायाधिवक्तामाथि छानबिन कार्यदल गठन भएको छ । महान्यायाधिवक्ता कार्यालयले बुधबार छानबिनका लागि कार्यदल गठन गरेको हो ।

प्रहरी प्रतिवेदन अनुसार मुद्दा दायर नभएको विषयमा जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिनको निर्णय भएको हो । लुइँटेललाई मङ्गलबार नै महान्यायाधिवक्ता कार्यालयमा फिर्तासमेत बोलाइएको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले छानबिन समिति गठन भएको बताउनुभयो । दाहालले भन्नुभयो, “अभियोगपत्रमा कुनै त्रुटि भए वा नभएको अध्ययन गरी यथाशीघ्र प्रतिवेदन दिने गरी कार्यदल बनेको छ । कार्यदलले अभियोगपत्र अध्ययन गरेर महान्यायाधिवक्तासमक्ष प्रतिवेदन दिन्छ ।’’

मुद्दा दायरको विषयमा विवाद भएपछि महान्यायाधिवक्ता रमेश बडालले कार्यदल गठन गर्नुभएको हो । कार्यदलको संयोजक नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजाल हुनुहुन्छ । कार्यदलमा सहन्यायाधिवक्ताद्वय सूर्यराज दाहाल, ईश्वरीप्रसाद ढकाल र उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य हुनुहुन्छ । ढकाल उच्च सरकारी वकिलको कार्यालय हेटौँडाको प्रमुख र आचार्य महान्यायाधिवक्ता कार्यालयमा कार्यरत हुनुहुन्छ ।

चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुद्दा दायरका क्रममा लामिछानेलाई सङ्गठित अपराधमा मुद्दा नचलाएको विषय विवादित बनेको छ । समान प्रकृतिको आरोपमा अन्य जिल्लामा सङ्गठित अपराधमा मुद्दा चलाइँदा चितवनमा भने ठगीमा मात्र मुद्दा चलाइएको थियो । रविबाहेक अन्यलाई भने सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ । लामिछानेमाथि सहकारीबाट गोर्खा मिडियामा प्राप्त रकम खर्चमा संलग्नता रहेको आरोप अभियोगपत्रमा लगाइएको छ ।

जिल्ला अदालतमा मुद्दा दायर गरिएका ३२ जनामध्ये १२ जनालाई सङ्गठित अपराध र ठगीमा मुद्दा चलाइएको छ । अन्यको हकमा सहकारी ठगीमा मात्र मुद्दा दायर भएको छ । गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकका रूपमा रविलाई ठगीमा मात्र मुद्दा चलाइए पनि अर्का सञ्चालक छविलाल जोशीलाई सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ । जोशीको अन्य कम्पनीमा पनि संलग्नता देखिएकाले सङ्गठित अपराधमा मुद्दा चलाइएको सरकारी वकिल कार्यालयको जिकिर छ । दोहोरो संलग्नता नदेखिएका व्यक्तिको हकमा सहकारी ठगीमा मात्र मुद्दा चलाइएको दाबी सरकारी वकिल कार्यालयको छ । मुद्दा चलाइएकामध्ये जिबी राई, सागर केसी, हेमन्त अधिकारी, भूपेन्द्र राई, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दीपक लामालगायतलाई भने सङ्गठित अपराध र ठगीमा मुद्दा दर्ता गरिएको छ ।

सहारा बहुउद्देश्यीय सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपियाँ रकम गएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । कम्पनीमा गएको रकमलाई नै बिगो कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com