काठमाडौं २३ माघ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एक जनाले प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।
अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।
सभामुखसँगको छलफलपछि बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन(तीन मिनेटको समय छुट्याइएको बताए।
‘भोलिको संसद्को बैठकमा पेस गर्ने कार्यसूचीका बारेमा छलफल भयो। सर्वसम्मतिले विषय तय भएको छ। अध्यादेश अस्वीकार गर्ने सांसदहरूको सामूहिक रुपमा परेको प्रस्तावमा एक जनाले प्रस्तुत गर्ने, ५ मिनेट उहाँले बोल्ने।
संसद्को बैठकमा मन्त्रीहरूले विधेयकको सम्बन्धमा जवाफ दिने पनि बताए। उनले प्रतिपक्ष दलको नेताले सम्बोधन गर्नुका साथै विशेष समय पनि राखिएको जानकारी दिए।








प्रतिक्रिया दिनुहोस्