ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सारमा पोको बोक्नेलाई खेद्ने, सेटिङमा आउनेलाई नदेख्ने हुँदा राजश्व उठेन – गिरी


एबीसी न्यूज
माघ २३, २०८१ बुधबार  ६ : २३ बजे

काठमाडौं २३ माघ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद पदम गिरीले भन्सारमा सेटिङ हुँदा राजश्व लक्ष्यअनुसार नउठेको बताएका छन् । भन्सारमा कार्यरत सरकारी अधिकारीहरू सेटिङमा संलग्न भएको उनको आरोप थियो ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा सांसद गिरीले भन्सारलाई लिएर उठ्दै आएका प्रश्नको जवाफ भने कहिल्यै नआएको बताए । ुपोकोमा सामान बोकेर आउने र जानेलाई भन्सारका कर्मचारीले खेदेजस्तो गर्ने तर सेटिङमा आउनेलाई नदेखे जस्तो गर्ने भएको छ । यस्तो गर्दाखेरि राजश्व सरकारको लक्ष्यअनुसार उठेको छैन, गिरीले भने ।

भन्सार नाकाहरू अस्तव्यस्त रहेको पनि गिरीको भनाइ थियो । उनले पूर्वाधार निर्माण हुन नसक्दा भन्सारको अवस्था अस्तव्यस्त रहेको उनको भनाइ थियो ।

देशमा अत्यावश्यक पर्ने सामग्री भन्सारमा थन्क्याइएको पनि गिरीको भनाइ थियो । उनले नियोजित ढङ्गले भन्सारमा स्क्यान मेसिनहरू बिगारिएको बताए । करोडौँ लगानीका स्क्यान मेसिन मिलेमतोमा बिगारिएका छन् । हातले सामान चेकजाँच गर्नु लाजको विषय हो । यो प्रश्न मैले बारम्बार उठाएको छु, जवाफ कहिल्यै आएन, उनले भने, कर्मचारी, सुरक्षाकर्मी, एजेन्ट, व्यापारीको मिलेमतोमा मेसिन बिगारिएको हो ।

भन्सारमा सेटिङ गर्ने र मेसिन बिगार्नेहरूलाई कारबाही गर्नुपर्ने सांसदहरूले बताएका छन् । समितिमा सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले के भने ? (पूर्णपाठ)

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com