ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको काइताक रंगशाला उद्‌घाटन मिति तोकियो, परीक्षण खेलमा ५० हजार दर्शक


एबीसी न्यूज

काठमाडौं २३ माघ । हङकङको काइताक रंगशाला मार्च १ बाट आधिकारिक रूपमा खुल्ने भएको छ। मंगलबार रातिको परीक्षण खेलपश्चात्‌ उद्‌घाटनको ‍औपचारिक मिति तोकिएको हो। हिजो परीक्षणको रूपमा रंगशालामा फुटबल आयोजना गरिएको थियो। जसमा झन्डै ५० हजार दर्शक सहभागी भएका थिए।

हिजोको परीक्षणको अधिकारीहरूले समीक्षा गरेपछि संस्कृति, खेलकुद तथा पर्यटन सचिव रोसाना ल शुकले रंगशाला खुल्ने आधिकारिक मिति घोषणा गरेकी हुन्।

परीक्षणस्वरुप मंगलबार आयोजित फुटबल खेलको समयमा पहिलो पटक स्टेडियमको ‘रिट्राक्टेबल रुफ’ पनि खुला गरिएको थियो। साथै, नजिकैको आवासीय सम्पत्तिहरूमा आवाजको स्तर परीक्षण गरिएको थियो।

‘हामीले सञ्चालन गरेका धेरै अभ्यासपछि नतिजाबाट सन्तुष्ट छौँ। यसबीचमा धेरै सुधार र समायोजन पनि भएका छन्,’ परीक्षणपछि सचिव लले भनिन्, ‘हामी स्टेडियम सहज रूपमा सञ्चालन गर्न सक्षम छ भन्ने कुरामा धेरै विश्वस्त छौँ र मार्च १ मा आधिकारिक रूपमा खुल्नेछ।’ उनले उद्घाटनको विवरण भने पछि घोषणा गर्ने बताइन्।

काइताक स्पोर्ट्स पार्कको मुख्य स्थलमा मंगलबार राति भएको परीक्षण खेलमा किची स्पोर्स्ट्स क्लब र उत्तरी जिल्लाबीचको अन्डर(२२ लिग फुटबल खेल, अग्नि अभ्यास र आपत्‌कालीन अवस्थाको पुनस् अभ्यास गरिएको थियो।

यो रंगशालाको सिट क्षमता ५० हजार रहेको छ।

हिजोको परीक्षणमा ४८ हजार दर्शकमध्ये ८० प्रतिशत १५ मिनेटभित्र तितरबितर हुन सफल भएको प्रहरीका डेपुटी कमिस्नर जोचाउ याट(मिङले बताए। उनका अनुसार दुई हजार मानिस भने यसपछि हुने अग्नि अभ्यास हेर्न बसेका थिए। एससीएमपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com