ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर रोगबारे सचेतना फैलाउन युवाको भूमिका महत्त्वपूर्ण : खेलकुद मन्त्री चौधरी


एबीसी न्यूज
माघ २२, २०८१ मंगलबार  ६ : ०५ बजे

काठमाडौं २२ माघ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्यान्सर रोग बारेको जनचेतना फैलाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

नेपालमा क्यान्सर रोगको रोकथामका लागि सरकारले आजदेखि सुरु गरेको एचपीभी खोप अभियान २०८१ लाई सफल बनाउन युवाहरुले भूमिका खेल्नुपर्ने मन्त्री चौधरीले बताए।

नेपाल अर्बुद रोग निवारण संस्था ९एनसीआरएस० ले विश्व क्यान्सर दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको जनचेतनामूलक र्‍यालीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोकथाममा सरकारको योजनाहरु सकारात्मक हुँदै गएकाले यसमा सबैको साथ आवश्यक रहेको बताइन्। क्यान्सर रोगका भोगाइहरु व्यक्तिपिच्छे फरक हुने भएकाले आफ्ना परिवारका सदस्य वा वरपरका क्यान्सर रोगीहरुप्रति जिम्मेवार भएर व्यवहार गर्नुपर्नेमा उनले जोड दिए।

विश्व क्यान्सर दिवसकै अवसर पारेर नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौँका विभिन्न स्थानबाट उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल जाने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ।

र्‍यालीमा संस्थाका केन्द्रीय पदाधिकारी, शाखाका प्रतिनिधि, त्रिवि शिक्षण अस्पताल महारागजमा अध्ययनरत एबीबीएस विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न विद्यालका विद्यार्थीहरु गरी पाँच सय बढीको सहभागिता थियो।

र्‍याली काठमाडौँको भृकुटीमण्डपबाट– सहिद गेट– जुद्ध शालिक– असन– जमल– त्रिचन्द्र कलेज– पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

सम्बन्धित

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले के भने ? (पूर्णपाठ)

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

नयाँ मन्त्रीहरूको शपथ आजै

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com