ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समितिको बैठकमा प्रदेशका मन्त्रीहरू नआएपछि सांसदहरू आक्रोशित


एबीसी न्यूज

काठमाडौं २२ माघ । राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा छलफलका लागि प्रदेश मन्त्रीहरू सहभागी नभएपछि सांसदहरू आक्रोशित भएका छन्। सिंहदरबारमा बसेको समिति बैठकमा राष्ट्रिय निकुञ्जका नीतिगत समस्याहरूको सम्बन्धमा प्रदेश सरकारका वन हेर्ने मन्त्रीसँग छलफल गर्ने कार्यसूची तोकिएको थियो।

तर, बैठकमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरी र बागमती प्रदेश वन मन्त्रालयका सचिव डा।केदार बराल मात्र सहभागी भए।

बैठकमा बोल्दै नेकपा ९माओवादी केन्द्र०की सांसद रेनु चन्दले संसदीय समितिले बोलाएको बैठकमा प्रदेश सरकारका प्रतिनिधिहरू सहभागी नहुनु खेदजनक भएको बताइन्।

‘निकुञ्ज क्षेत्रबाट खनिज तथा नदिजन्य वस्तुको संकलनका लागि आएका समस्या, अन्तर तह समन्वयन र राजश्व बाँडफाँडको विषयमा समस्याहरू छन्। वन पैदावारमाथिको अधिकार र व्यवस्थापन र मानव जीवजन्तुको सहअस्तित्व लगायत समस्याहरू रहेका छन्। यी विषयमा प्रदेश सरकारले संघीय सरकारसँग के कस्तो परिमार्जन र समाधान खोजेको छ भन्ने धारणा हामीले लिन खोजेको हो,ु उनले भनिन्, ुप्रदेश मन्त्रीज्युहरू त हाम्रो निर्वाचन मण्डल हो। हाम्रो भोटर पनि हो। अरु ठाउँमा भोटरहरू जसलाई जितायो ऊ देखिँदैन भन्ने गुनासो गर्छन्। हामीले त हाम्रो भोटरहरूलाई ससम्मान समितिमा बोलाएका छौं। यस्तो अवसर उहाँहरूले कसरी गुमाउनु भयो। यो खेदजनक छ।’

बैठकमा बोल्दै नेकपा ९एकीकृत समाजवादी०की सांसद गोमादेवी तिमिल्सिनाले समिति गएर समस्याको समाधान हुँदैन भन्ने धारणाले प्रदेश मन्त्रीहरू बैठकमा नभएको दाबी गरिन्। उनले संसदीय समितिले प्रधानमन्त्री समेतलाई बोलाएर छलफल गरेको उल्लेख गर्दै उपस्थित नहुँदा घाटा प्रदेश सरकार र सम्बन्धित मन्त्रीलाई नै हुने बताए।

नेकपा ९एमाले०की सांसद सुमित्रा बिसीले अन्तरमन्त्रालय र अन्तरसरकारबीच समन्वय नहुने स्थिति सिर्जना भएको बताइन्। वनसँग सम्बन्धी ऐनहरू वन मन्त्रालयलाई दोषी देखाउने खालका रहेको उनको भनाइ छ।

ुहाम्रो अहिलेसम्म बनेका नियम कानुनहरू वन मन्त्रालयले नै अप्जस खेप्ने खालका रेहका रहेछन्। वन संरक्षण गर्ने एउटा पाटो भयो। संरक्षणका साथै हामीले उपभोग पनि त गर्ने होला। त्यहाँ भएका काठहरू कुहिने तर हामीले विदेशबाट काठ आयात गरेर फर्निचर बनाउने रु,ु उनले भनिन्, ुयो स्थितिलाई समाधान गर्नको निम्ति त्यो क्षेत्रमा रहेका नेपाल सरकारका प्रतिनिधि अथवा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरूसहतिको धारणा लिनुपर्ने भएर आज प्रदेश मन्त्रहीहरूलाई बोलाएका हौँ। जसरी हामीले स्थलगत गएर अध्ययन गर्‍यौँ हामी सबैको चिन्ता भनेको कसरी विकास गरेर नेपाली जनतालाई सुविधा दिने भन्ने हो। तर हाम्रो अन्तरमन्त्रालय समन्वय पनि नहुने अन्तरसरकार समन्वय पनि नहुने अवस्था सिर्जना भयो।’

बैठकमा अधिकांश सांसदहरूले निकुञ्ज र वन्यजन्तु क्षेत्रका समस्या समाधान गर्नेगरी समन्वय गरेर अगाडि बढ्न जरुरी रहेको धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com